नेकपाले गर्यो पार्टीमा गुटबन्दी र अराजकता मच्चाउने अधिकारीलाई कारबाही

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति ललितपुरले पार्टीमा गुटबन्दी गरेको, आर्थिक अराजकता फैलाएको, पार्टीविरोधी गतिविधि गरेकोलगायत कारण दर्साउँदै जिल्ला सदस्य ध्रुव अधिकारीलाई निष्कासन गरेको छ ।

पार्टी सेक्रेटरी विदुषीले विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी जनता र देशको हितका निम्ति निरन्तर सङ्घर्षमा रहेको सबैमा अवगत नै छ । जनता र देशको स्वाधीनताको रक्षाका निम्ति हाम्रो पार्टी जुनसुकै मूल्य चुकाउन तयार नै छ । जनहितविपरीतका गतिविधि कुनै पनि बहानाबाजीमा स्वीकार्य हुन सक्दैन । विगत लामो समयदेखि ध्रुव अधिकारी हाम्रो पार्टीको जिल्ला सदस्यका रूपमा क्रियाशील रहेको र हाल केही समयदेखि हाम्रो पार्टीको हितविपरीत गतिविधि गरेर पार्टीका शुभचिन्तक जनता र कार्यकर्तामा भ्रम छरिरहेको विषय क्षम्य हुन सक्दैन । निज ध्रुव अधिकारी क्रान्ति र परिवर्तनविरोधी गतिविधिमा संलग्न रहेको पाइएकाले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जानकारी गराउँछु ।’

अधिकारीलाई निष्कासन गर्नुपर्ने कारणहरू उल्लेख गर्दै सेक्रेटरी विदुषीले विज्ञप्तिमा यसप्रकारका बुँदा उल्लेख गरेकी छिन् :

कारणहरू

१. पार्टीका नाममा आर्थिक अराजकता गरेको
२. पार्टीको सङ्गठनात्मक विधि, पद्धति, अनुशासनबाहिर रहेर गतिविधि गरेको
३. पार्टी हितविपरीत शङ्कास्पद गतिविधि गरेको
४. पार्टीको नीति, विचार र पद्धतिविपरीत गुटबन्दी गरेको ।

विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :