नेपालमा पनि पस्यो कोरोना, फ्रान्सबाट आएकी महिलालाई कोरोना सङ्क्रमण भएको पुष्टि

कोरोनाबाट विश्वका ३ लाख मानिस सङ्क्रमित


काठमाडौँ : फ्रान्सबाट कतारको दोहा हुँदै गत शुक्रबार नेपाल आएकी एक महिलालाई कोरोना सङ्क्रमण भएको प्रमाणित भएको छ । ती १९ वर्षीया महिलाको काठमाडौँ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको सरकारले नै सोमबार सार्वजनिक गरेको छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले संसारभरि तीन लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको सङ्क्रमण भैसकेको भन्दै यसको गतिलाई परिवर्तन गर्न नसिकने बताएको छ । विश्वभरिका तीन लाखभन्दा बढी मानिसका यसको सङ्क्रमण र दस हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको भन्दै कोभिड १९ को रोकथाम गर्न मानिसहरूको गतिविधिमा नै भरपर्ने र सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएकाहरूलाई अरूबाट अलग राख्न सके मात्रै यो नियन्त्रण हुनसक्ने बताएको छ ।

डब्लूएचओले कोरोना नियन्त्रण हुने प्रत्येक व्यक्तिको आफ्नो सतर्कतामा मात्र भर पर्ने पनि बताएको छ । विश्व स्वास्थ्य सङ्गठनका महासचिवले ७५ बर्से इतिहासमा यो नै ठूलो स्वास्थ्य सङ्कट भएको बताएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेजले कोरोना भाइरसका कारण विश्वका गरिबहरू ठूलो मारमा पर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :