कोरोना सङ्क्रमणविरुद्ध नेकपाको प्रशंसनीय कदम

यतिबेला देश भीषण क्रान्ति र प्रतिक्रान्तिको टक्करमा छ । सामाजिक दलाल पुँजीपति वर्ग ऐँजेरुका रूपमा सत्तामा टाँसिएको छ भने मालेमावादी क्रान्तिकारीहरू वैज्ञानिक समाजवपाद स्थापनाका लागि क्रान्तिमैदानमा छन् । समाजमा क्रान्तिकारी र प्रतिक्रान्तिकारीका बीचमा भीषण टक्कर भइरहेको समयमा विश्वलाई नै तरंगित र प्रभावित पार्ने गरी नरसंहारकारी कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिएको छ । सरकार जनताको जीवनरक्षाप्रति गैरजिम्मेवार बनिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवले आफ्नो पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता र जनमुक्ति सेनालाई आक्रामक कारबाहीहरू रोकी कोरोनाको महामारीविरुद्ध जनसमुदायलाई जागरुक बनाउने अभियानमा लाग्न निर्देशन दिएर माक्र्सवादीहरू अर्थात् कम्युनिस्टहरू नै सबैभन्दा बढी संवेदनशील, सहृदयी र मानवतावादी हुन्छन् भन्ने कुरा व्यवहारमै प्रमाणित गरिदिएका छन् ।

माक्र्सवाद एक मात्र मानवतावादी दर्शन हो । समाज वर्गमा रूपान्तरित भएको र शासक–शोषक वर्गले श्रमिक–सर्वहारा वर्गमाथि अमानवीय शोषण, दमन र भीषण उत्पीडन लादेकाले माक्र्सवादीहरू अर्थात् कम्युनिस्टहरूले सर्वहारा मानवतावादको रक्षाका लागि लड्नुपरेको हो । मालेमावादीहरू अर्थात् सच्चा कम्युनिस्टहरू नै असली अर्थमा मानवतावादीहरू हुन् किनकि माक्र्सवादी समाज, वैज्ञानिक समाजवादी समाज र साम्यवादी समाज भनेको उच्च मानवतावादसहितको सभ्य, विकसित र समानतामूलक समाज हो । केपी वली–प्रचण्डको सामाजिक फासिवादी सरकारले समानतामूलक समाज निर्माणमा लागेका नेकपाका नेता–कार्यकर्ता मार्ने, गिरफ्तार गरी झूट्टा मुद्दा लगाउने, यातना दिने, जेल र हिरासतमा सडाउने अमानवीय कार्य गरेर आफ्नो सक्कली प्रतिक्रियावादी स्वरूप देखाइरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवले आफ्नो पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता र जनमुक्ति सेनालाई आक्रामक कारबाहीहरू रोकी कोरोनाको महामारीविरुद्ध जनसमुदायलाई जागरुक बनाउने अभियानमा लाग्न निर्देशन दिएर माक्र्सवादीहरू अर्थात् कम्युनिस्टहरू नै सबैभन्दा बढी संवेदनशील, सहृदयी र मानवतावादी हुन्छन् भन्ने व्यवहारमै प्रमाणित गरिदिएका हुन् ।

संसार कोरोना भाइरसको महामारीबाट सङ्क्रमित भइरहेको र नेपाली समाज अत्यन्त त्रसित बनेर सहाराका लागि आशाको झिनो त्यान्द्रो खोजिरहेको समयमा नेकपाका जनवर्गीय सङ्गठनहरूले असहाय, विपन्न, बालबालिका, महिला, वृद्धवृद्धाहरूलाई अत्यावश्यक सामग्री र नगदसमेत सहयोग गर्न आरम्भ गरेका थिए । सरकारका हर्ताकर्ता, सरकारी पार्टीका नेता–कार्यकर्ता तथा तिनका आसेपासेहरू जनतालाई त्रासमा धकेलेर मास्क, स्यानेटाइजरलगायत अत्यावश्यक वस्तुहरू कालोबजारी गर्न तल्लीन छन् । देश र जनताप्रति अनुत्तरदायी सरकार र तिनका मान्छेहरू महामारीबाट जनताको सुरक्षा कसरी गर्ने, जनतालाई भय र त्रासबाट कसरी सान्त्वना दिनेभन्दा पनि कसरी सत्ताको ब्रह्मलूट गर्ने र कसरी माथिल्ला ओहोदाका व्यक्तिहरूको चाकरी बजाएर तर मार्ने भन्ने चिन्तामै मग्न र व्यस्त देखिन्छन् । यस्तो समयमा नेपाल कम्युनिस्ट पार्टीले देश र जनताप्रति एक जिम्मेवार राजनीतिक पार्टी हुनुको नाताले आफ्नो समग्र पार्टीलाई प्रतिरोधात्मक कारबाहीबाहेक आक्रामक कारबाही बन्द गरेर जनताको सेवामा समर्पित हुन आह्वान गरेर उदाहरण देखाएको छ ।

हुनत २०७२ साल वैशाखमा गएको महाभूकम्प, त्यसपछि गएका बाढी, पहिरो, आगलागीलगायत प्राकृतिक प्रकोपको समयमा पनि नेपाल कम्युनिस्ट पार्टीले आफ्नो समग्र शक्ति जनताको उद्धार, राहत, सहयोग र निर्माणमै लगाएको उदाहरण छ । महाभूकम्पमा नेकपाका महासचिव कमरेड विप्लव भूकम्पपीडित जनताका भत्केका घर बनाउँदै, सहायता सामग्री वितरण गर्दै हिँडेको जनताले भुलेका छैनन् । संसद्वादी दल र तिनका नेता–कार्यकर्ताहरू भूकम्पपीडितको सहायताका लागि विभिन्न क्षेत्रबाट जम्मा भएका सामग्री, जस्तापाता र पालहरूसमेत बेचेर खाइरहेका थिए तर नेकपाका महासचिव, नेता र कार्यकर्ताहरू भने गाँस काटेर, आआफ्नो खल्तीबाट रकम निकालेर, देशविदेशमा रहेका पार्टी कार्यकर्ता र शुभचिन्तकहरूबाट चन्दा सङ्कलन गरेर जनताको घाउमा मलम लगाउँदै हिँडेका थिए । यतिबेला पनि ठीक उस्तै ढङ्गले इतिहासको पुनरावृत्ति हुँदै गएको छ । सत्ताको आडमा कयौँ भ्रष्ट र तस्करहरू मास्क, सेनिटाइजरदेखि अत्यावश्यक सामग्रीहरू कालोबजारी गर्दै र भ्रष्टाचार गर्दै जनताका बीचमा बदनाम भइरहेका छन् तर दलाल व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिको महाअभियानमा रहेको नेकपा भने पार्टी नेता, कार्यकर्ता र जनमुक्ति सेनासहित जनतालाई कोरोनाविरुद्ध जागरुकता निर्माण गर्ने अभियानमा खटिएको छ । क्रान्तिकालमा नागरिकप्रति एक जिम्मेवार राजनीतिक दलले निर्वाह गरेको यो उत्तरदायी कार्य प्रशंसनीय र अनुकरणीय छ तर दलाल शासकहरू यो विषयको गम्भीरता, उचाइ, गहिराइ र व्यापकता बुझ्ने हैसियत राख्दैनन् किनकि दलाल पुँजीवाद अत्यन्त अमानवीय, क्रूर र पाशविक हुन्छ । शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्दै हिँडेका नेकपाका नेता कुमार पौडेललगायतको पाशविक, क्रूर र कायरतापूर्ण हत्याका कारण वली सरकार अन्तर्राष्ट्रिय रूपमै कुख्यात बनिसकेको छ । अझ कम्युनिस्ट पार्टी र कम्युनिस्ट नामको मुखुन्डो लगाएर साम्राज्यवादी शैलीमा कम्युनिस्ट पार्टीलाई आतङ्ककारी घोषणा गर्ने र प्रतिबन्ध लगाउने, नेताहरूलाई जेल र हिरासतमा कैद गर्ने, यातना दिनेजस्ता कार्यले यो सरकार र यसलाई सञ्चालन गर्ने पार्टी कुन वर्ग र कुन उद्देश्यका लागि कसबाट सञ्चालित छन् भन्ने बुझन कुनै गाह्रो पर्दैन ।

महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरू बन्द गरिएको जानकारी गराउनुका साथै तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरूलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन पनि गरेका छन् । महासचिव विप्लवले कोरोना भाइरसले विश्वमानव समुदायलाई ठूलो क्षति पुर्याएको, हालसम्म नेपाली जनतालाई क्षति नपुर्याउनु खुसीको कुरा भए पनि जोखिम कायमै रहेको अवस्थामा सारा देश एकताबद्ध भएर आफ्नो काममा लाग्नुपरेको सन्देश पनि प्रवाह गरेका छन् । यो अत्यन्त जिम्मेवार अभिव्यक्ति हो । अन्तर्राष्ट्रिय स्तरकै मानवीय सङ्कट परेको समयमा मानव र मानवताको रक्षाका लागि पनि यो महामारी र सङ्कटविरुद्ध सबै एक भएर लाग्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :