कोरोना प्रकोपका कारण रातो खबर साप्ताहिक केही समय बन्द हुने

काठमाडौँ : रातो खबर प्रकाशन गृहले प्रेस विज्ञप्ति जारी गरी कोरोना भाइरसको सङ्क्रमणबाट उत्पन्न प्रतिकूल परिस्थितिका कारण रातो खबर साप्ताहिक अर्को सूचना जारी नभएसम्म बन्द रहने जनाएको छ । रातो खबरका प्रबन्धनिर्देशक भीमप्रसाद चापागाईंद्वारा जारी प्रेस विज्ञप्तिमा ‘इरातो खबर’ अनलाइन भने निरन्तर सञ्चालन हुने पनि जनाइएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘संसारभर महामारी र प्रकोपका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले नेपाल पनि जोखिममा परेको छ । यो सङ्क्रमणको रोकथामका लागि सावधानी अपनाउनु र आमजनसमुदायलाई जागरुक बनाउन सबै सचेत समुदाय आआफ्नो स्थानबाट तत्काल लागिहाल्नुपर्ने अवस्था उत्पन्न भएको छ । कोरोनाको यही महामारी र प्रकोपले उत्पन्न गराएको व्यवधान र प्रतिकूल परिस्थितिका कारण रातो खबर साप्ताहिकको प्रकाशन अर्को सूचना प्रकाशित नभएसम्म बन्द रहने जानकारी गराइन्छ । यसबाट प्रभावित हुने सबै पक्षलाई हाम्रो अनलाइन www.eratokhabar.com नियमित सञ्चालन भइरहने जानकारी गराउन यो सूचना प्रकाशित गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :