विपतको बेला कालोबजारी गर्ने माफियालाई युवा संगठनले कारवाही गर्ने

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल लुम्बिनी व्युरोले विपतको बेला कालोबजारी गर्ने माफियाहरुलाई कार्वाही गर्ने बताएको छ । साथै संगठनले कोरोना भाइरस (कोभिड १९) बाट सचेत रहन लुम्बिनी क्षेत्रका युवा तथा श्रमजीवी जनतालाई अपील गरेको छ । युवा संगठनले वर्तमान केपी ओली नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार र संवेदनहीन भएको भन्दै भारतसँग सिमाना जोडिएका जिल्लाहरु कपिलवस्तु, रुपन्देही, नवलपरासी, नवलपुरका जनता यसबाट सङ्क्रमणको जोखिममा रहेको बताएको छ ।

सोमबार व्युरो इन्चार्ज विश्लेषणले एक प्रेस विज्ञप्ती जारी गर्दै यसको रोकथाम, सचेतना र पर्याप्त तयारी नगरी सरकार उदासिन र गैरजिम्मेवार भएको बताएका छन् । उनले विज्ञप्तीमा विदेशमा रहेका लाखौं युवाहरुबारे सरकार जिम्मेवार नभएको बताउदै विपतको बेला केही दलाल, भ्रष्ट, माफियाहरुले जनताको दैनिक खाद्यपदार्थ, यातायात, ग्याँस, तेल लगायत वस्तुभाउहरुमा कालोबजारी गर्नेहरुलाई कारवाही गर्ने बताएको छ ।

Print

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :