सङ्केत र जगतलाई बिनासर्त रिहा नगरे प्रतिरोध गर्ने नेकपाको चेतावनी

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी नरायणी ब्युरोले पार्टीका रौतहट जिल्ला इन्चार्ज कुमार राई ‘सङ्केत’ र जिल्ला सदस्य कमल गुरुङ ‘जगत’ लाई बिनासर्त तत्काल रिहा नगरिए प्रतिरोध गर्ने चेतावनी दिएको छ । ब्युरो इन्चार्ज वसन्तले विज्ञप्ति जारी गर्दै निःशस्त्र अवस्थामा गिरफ्तार गरिएका दुवैजनालाई हतियारसहित गिरफ्तार गरिएको प्रचार गरी फसाउन खोजिएको भन्दै नेकपाविरुद्ध षड्यन्त्र नगर्नसमेत चेतावनी दिएका छन् ।
ब्युरो इन्चार्ज वसन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी राष्ट्रघात, जनघात, भ्रष्टाचार, दलालीका विरुद्ध एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाको यात्रामा निरन्तर सङ्घर्षरत छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूमा निरन्तर क्रियाशील रहेकै कारण केपी वली सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएको एक वर्ष बितिसकेको छ । वली सरकारले लगाएको प्रतिबन्ध चिर्दै नेकपा देशभर झन्झन् लोकप्रिय बनिरहेको छ । पार्टीको लोकप्रियतासँगै दलाल पुँजीवादका विरुद्ध व्यापक जनमत पनि निर्माण भइरहेको छ । वली सरकारलाई यो सैह्य भइरहेको छैन । त्यसैले सरकार नेकपाविरुद्ध विभिन्न षड्यन्त्रका तानाबाना बुनिरहेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सिलसिलामा केपी वली सरकारको रामबहादुर थापा गृहप्रशासनले हाम्रो गौरवशाली पार्टीका रौतहट जिल्ला इन्चार्ज कमरेड कुमार राई ‘सङ्केत’ र जिल्ला सदस्य कमरेड कमल गुरुङ ‘जगत’ लाई सङ्गठनको कामको सिलसिलामा निःशस्त्र अवस्थामा रहेको समयमा रौतहटको चन्द्रपुर ३ महादेवडाँडा र मकवानपुरको सिमानाबाट गिरफ्तार गरी ‘हतियारसहित गिरफ्तार गरिएको’ भन्दै झूट्टा मुद्दामा फसाउन खोजेको छ । हाम्रो पार्टी सरकारको त्यसप्रकारको झूट्टा र नियोजित क्रियाकलापको घोर निन्दा एवम् भत्र्सना गर्दै जिल्ला इन्चार्ज कमरेड कुमार राई ‘सङ्केत’ र जिल्ला सदस्य कमरेड कमल गुरुङ ‘जगत’ लाई बिनासर्त तत्काल रिहा गर्न आग्रह गर्छ । पार्टीको आग्रहलाई वास्ता नगरिएमा प्रतिरोध गर्न बाध्य हुने र त्यसको जबाफदेही सरकार आफैँ हुने चेतावनी पनि दिन चाहन्छ ।’ 

विज्ञप्तिको पूर्णपाठ-

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :