शिक्षक संगठनद्वारा सहिद खड्ग देवकोटाको स्मृतिसभा

बुटवल : अखिल नेपाल शिक्षक संगठन, जिल्ला समिति रुपन्देहीको आयोजनामा महान शिक्षक सहिद खड्गबहादुर देवकोटा स्मृति दिवस तथा १० औँ शिक्षक दिवस आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रममा संगठनको इतिहासमा निरन्तर कृयाशिल रहि महत्त्वपूर्ण भुमिका निभाउनु भएका संगठनका पूर्व केन्द्रीय सदस्य विजयाश्री तुलाधर, कालिका मानवज्ञान मा बि इकाइ सदस्यहरू सुमेररत्न शाक्य, भिमबहादुर थापालाई संगठनले सम्मान गरेको छ ।

कार्यक्रम संगठनका केन्द्रीय अध्यक्ष घनस्याम पाठकले शिक्षकहरुको पेशागत हक र हितको लागि खड्गबहादुर देवकोटाले खेलेको भुमिकाको चर्चा गर्दै सबैले पेशागत हितमा र मर्यादामा रहन समेत आग्रह गरे ।
नेपालको शैक्षिक तथा पेशागत आन्दोलनमा परिवर्तनका पक्षधर शिक्षक, कर्मचारीहरुको नेतृत्वदायी भुमिका खेल्दै आएको संगठनको इतिहासमा ३५२ शिक्षकहरुले उच्च शाहदत प्राप्त गरेको प्रसङ्ग स्मरण गर्दै नेपालको राजनीतिक परिवर्तनमा शिक्षकहरूको महत्त्वपूर्ण योगदान रहेता पनि राजनीतिक नेतृत्वले शैक्षिक र पेशागत मुद्दाहरूको सम्बन्धमा भने उदासिनता देखाउदै आएको भन्दै प्रमुख बक्ताहरुले शिक्षकहरूको बलिदानी पुर्ण योगदानलाइ निरन्तर स्मरण गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा लोकराज घिमिरे, बिजयाश्री तुलाधर र रेशम चालिसेलगायतले आ(आफ्नो भनाइ राखेका थिए । जिल्ला अध्यक्ष रेशम चालिसेको अध्यक्षता र सचीव झलक प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :