कोरोना महामारीको फाइदा उठाएर कालोबजारी गर्नेहरूको बिगबिगी


काठमाडौँ : कोरोना भाइरसको सब्क्रमण र महामारी बढेसँगै नेपाली बजारमा अत्यावश्यक वस्तुहरूको आयात–निर्यातमा कुनै असर नपरे पनि कालोबजारी गर्नेहरूको बिगबिगी भने निकै बढेको छ । कोरोना भाइरस महामारीले मानिसहरूमा त्रास बढिरहेको अवस्थाको फाइदा उठाउँदै नेपालमा कालोबजारियाहरू निकै मौलाएका छन् ।
चीनमा कोरोना भाइरस महामारी उच्च बिन्दुमा पुगेको बेला नै नेपालका बजारहरूमा सर्जिकल मास्कको अभाव थियो । यसअघि नै बजारमा कृत्रिम अभाव उत्पन्न गरी लुकाइएका १० लाख मास्क प्रहरीले बरामद गरेको छ र मास्क लुकाउने व्यापारीलाई पक्राउ गरेको छ । बरामद गरिएका मास्क सरकार आफैँले बेच्ने भएको छ ।
सरकारले सबै प्रकारका उपभोग्य वस्तुहरूको आयात सहज रूपमा भैरहेको र कुनै अभाव नभएको बताइरहँदा पनि बजारमा बिचौलियाहरूले कृत्रिम अभाव उत्पन्न गरेर उपभोक्तलाई ठगिरहेका छन् तर देशव्यापी मच्चिएको लूट नियन्त्रण गर्न सकेको छैन । पेट्रोल पम्पदेखि ग्याँस डिलरसम्म बन्द गरिएको छ । बजारमा कृत्रिम अभाव उत्पन्न गरेर उपभोक्तालाई महँगोमा सामान बेच्नका लागि कालोबजारियाहरू सक्रिय रहेको खुद्रा पसलेहरूले नै बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :