प्रतिबन्धको एक वर्ष : अवस्था र अनुभूति

विषय आरम्भ

अनुभूति एक
सपनाका यात्रीहरू (सपना) जोगाउनुपर्छ
सपनामै जिउँछ जीवन
सपनामै रम्छ जीवन
सपनाका यात्रीहरू (सपना) जोगाउनुपर्छ

सपना बाँचे जीवन बाँच्छ, सपना मरे जीवन मर्छ
सपनाहरू मर्न नदेऊ
सपनाहरू झर्न नदेऊ
सपनाका यात्रीहरू (सपना) जोगाउनुपर्छ
– विप्लव

हाम्रो गौरवशाली तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका आदरणीय महासचिव कमरेड विप्लवले लेख्नुभएका निकै सुन्दर/मर्मस्पर्शी र समयसान्दर्भिक गीतका केही हरफहरूबाट यो लेखको विषय आरम्भ गरिएको छ । हामी सुन्दर सपनाका यात्रीहरू हौँ । हामीले सपनाहरू जोगाउनुपर्छ । सपनामै जीवनहरू जिउँछन् । सपनामै जीवनहरू चल्छन् । सपनामै जीवनहरू रम्छन् । सपनामै जीवनहरू बाँच्छन् । सपनामै जीवनहरू मर्छन् । सपनामै जीवनहरू झर्छन् । सपना बाँचे जीवनहरू बाँच्छन् । सपना मरे जीवनहरू पनि मर्छन् । त्यसैले त आदरणीय महासचिव कमरेड भन्नुहुन्छ, ‘सपना बाँचे जीवन बाँच्छ, सपना मरे जीवन मर्छ । सपनाहरू मर्न नदेऊ । सपनाहरू झर्न नदेऊ । सपनाका यात्रीहरू (सपना) जोगाउनुपर्छ ।’

महासचिव कमरेडले अति सुन्दर ढङ्गले गीतका शब्दहरूमार्फत बताउनुभएजस्तै हाम्रो सुन्दर लक्ष्य छ । सुन्दर योजना छ । सुन्दर बाटोमा हामी हिँडिरहेका छौँ । सुन्दर सपना पूरा गर्न लागिपरेका छौँ । त्यो भनेको वैज्ञानिक समाजवाद स्थापना गर्ने सपना हो । एकीकृत जनक्रान्तिलाई पूरा गर्ने सपना हो । श्रमिक वर्गको राज्यसत्ता स्थापना गर्ने सपना हो । हामी हाँसीहाँसी यो सपना पूरा गर्न लागिपरेका छौँ ।

अनुभूति दुई
हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि राज्यले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको एक वर्ष बितेको छ । जतिबेला म पश्चिम रुकुमका सुन्दर बस्तीहरूमा जनसभामार्फत एकीकृत जनक्रान्तिका सन्देशहरू जनतालाई सुनाइरहेको थिएँ । देशभर मलगायत पार्टीका साथीहरू ्सङ्गठन सुद्धृढीकरण तथा विस्तार अभियान २ मा खटिरहेका थियौँ । जनताको बढ्दो समर्थन र विश्वास लहरलाग्दो थियो । हजारौँ पार्टी तथा जनसङ्गठनहरूका समितिहरू बन्दै थिए । हजारौँ जनता पार्टी र जनसङ्गठनमा प्रवेश गरिरहेका थिए । हजारौँ वाल पेन्टिङले देश रङ्गिँदै थियो । हजारौँ कोणसभा र जनसभाहरू सम्पन्न गरिँदै थियो । हजारौँ जनताका मुद्दाहरूको फौसलाले जनतालाई न्यायको अनुभूति दिलाउँदै थियो । पार्टीका लाखौँ पर्चा–पम्प्लेटहरू वितरण भैरहेको थियो । प्रचण्डमण्डलीले दिएको धोकाधडीबाट मूर्झिएका सहिद परिवारजनहरूका अनुहारहरूमा खुसी र विश्वासका चमकहरू देखिन थाल्दै थियो । १० बर्से जनयुद्धका घाइते–अपाङ्ग कमरेडहरूमा नयाँ जोस–जाँगर भरिएर अनुहारमा हँसिलो चमक देखिँदै थियो । मानिसहरू पार्टीमा लामबन्दी हँुदै थिए । देश एकीकृत जनक्रान्तिमय बन्दै थियो । जनताले स्वतःस्फूर्त नाराहरू लगाउँदै हाम्रो पार्टीको खोजी देशभरमा हुँदै आएको थियो । विप्लव आऊ– देश बचाऊ ! विप्लव आऊ– भ्रष्टाचारीलाई कारबाही गर ! विप्लव आऊ– कालोबजारियालाई दण्डित गर ! विप्लव आऊ– राष्ट्रियता बचाऊ ! आदिआदि । एकीकृत जनक्रान्तिको उत्सवपूर्ण परिवेशबाट उत्तरसाम्राज्यवादी र देशभित्रका दलाल पुँजीवादी राज्यसत्ता र त्यसका असली मतियारहरू अत्तालिए र हठात् हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएर न्यायपूर्ण आवाजलाई बन्देज लगाउन खोजे । त्यसको आज एक वर्ष बितेको छ ।

तरङ्गित केही प्रश्नहरू
प्रतिबन्धको यो एक वर्षमा नेपाली समाजका विभिन्न तह र तप्कामा अनेकौँ सकारात्मक तथा नकारात्मक प्रश्नहरू तरङ्गित बनिरहेका छन् । बहसहरूले नेपाली राजनीतिक बजार तातेको छ । विभिन्न चर्चा वा परिचर्चाहरूले दैनिकी गुजारिरहेकै छन् । आफ्ना मिसनहरू जेसुकै भए पनि मिडियाहरू सचेततापूर्वक हाम्रो पार्टीसँग सम्बन्धित समाचार लेख्न वा छाप्न दौडधूप गरिरहेकै देखिन्छन् । यस्तो परिस्थितिमा केही प्रश्नहरू स्वतः उठेका छन्, ती हुन् : दलाल पुँजीवादी सत्ताले हाम्रो पार्टीमाथि थोपरेको प्रतिबन्ध सही थियो वा गलत ! प्रतिबन्धले सत्तालाई के फाइदा पु¥यायो ! राज्यले प्रतिबन्ध लगाएर पूरा गर्न खोजेको लक्ष्य पूरा भयो कि भएन !, हाम्रो पार्टीलाई त्यसको असर के प¥यो त ? यसले पार्टी सुदृढ भयो वा कमजोर !, राजनीतिक वा मनोवैज्ञानिक हिसाबले पार्टीलाई हित ग¥यो वा अहित ! यसमा पार्टीका कार्यनीतिहरू सही भए वा गलत !, पार्टीको योजना कार्यान्वयनहरू सफल भए वा असफल ! यस्ता प्रश्नहरू बजारमा छरपस्ट भएका छन् र यसको वस्तुनिष्ठ जबाफ पार्टीभित्र र बाहिर तथा नेपाली समाजले खोजिरहेको अवस्था विद्यमान छ । 

हामी भनिरहेका छौँ, हाम्रो पार्टीमाथि लगाइएको प्रतिबन्ध एकदमै गलत थियो र छ । वैज्ञानिक समाजवाद स्थापनाको कुरा गर्दा वा एकीकृत जनक्रान्तिको कुरा गर्दा, समानताको कुरा गर्दा वा देशमा भैरहेका बेथितिहरूको विरोध गर्दा हाम्रो पार्टी र क्रान्तिप्रेमी जनतामाथि आफूलाई कम्युनिस्ट नै भन्ने केपी गुट र जनयुद्धकै नेतृत्व गरेको छविलाल दाहाल गुटले प्रतिबन्ध थोपर्नु भनेको राजनीतिक वा संवैधानिक हिसाबले भन्नुपर्दा चरम बेइमानी तथा घातक कदम हो । अवसरवादको भद्दा नमुना हो । सामाजिक फासिवादी चरित्रको कुटिल÷विषालु रूप हो । उत्तरसाम्राज्यवादको नाङ्गो दलाली हो । कुर्सी रसास्वादनको उदाङ्गो कार्य हो । हाम्रो पार्टीमाथि प्रतिबन्ध थोपरेर आफ्नो स्वार्थ पूरा गर्न सोच्नु भनेको उनीहरूको केवल अस्थायी र ‘मुतेन्यानो’ तरिका मात्र हो । यसले तिनीहरूको राजनीतिक चरित्रलाई ‘डोकोभित्र थुनेको बिरोलोले म्याउ ग¥यो’ भनेजस्तै दुनियाँसामु छरपस्ट पारेको छ । सत्ताधारीहरू आफ्नै धोती फुस्केर समालिनसक्नु बनेका छन् र विभिन्न जनविरोधी तथा राष्ट्रविरोधी काण्डैकाण्डहरूले पोतिएको कालो, मलीन र रुन्चे अनुहार पारेर पशुपतिको शिवरात्रीमा देखिने नागाबाबाजस्तो बेसरम डुलिरहेका छन् । 

जहाँसम्म हाम्रो पार्टीसँग सम्बन्धित प्रश्नहरू हुन्, सङ्क्षिप्तमा भन्नुपर्दा पार्टीले यसबीचमा कैयौँ महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ । यसलाई यसरी सूचीकृत गर्न सकिन्छ :
पहिलो राजनीतिक/वैचारिक उपलब्धि हो । हाम्रो पार्टीले अघि सारेको राजनीतिक विचारमाथि विभिन्न आशङ्कासहितका प्रश्नहरू गर्ने गरेका थिए । त्यसको एकमुष्ट जबाफ प्रतिबन्धले दिएको छ । राजनीतिक हिसाबले जनतालाई हाम्रो पार्टीको नीतिलाई बुझ्न, चिन्न र स्पष्ट हुन महत्वपूर्ण भुमिका निर्वाह गरेको छ ।
दोस्रो : वर्गसङ्घर्ष वा कम्युनिस्टधु्रवीय विचार सिद्धान्तलाई जनतासमक्ष पु¥याउन सफल हुनु हो । हामी देखिरहेका छौँ प्रतिबन्ध लागेको यो एक वर्षमा नेपालको राजनीति दुई धु्रवमा कित्ताबन्दी बन्न पुग्यो । एकातिर राष्ट्रघाती, दलाल, भ्रष्टाचारी, कमिसनखोरी, कालोबजारिया, तस्कर, ठेकेदार, बलात्कारी, देशबेचुवा, विभिन्न काण्ड मच्चाउने काण्डे, राजनीतिका नाउँमा राष्ट्र ठग्ने भ्रष्ट राजनीतिज्ञहरू, दलालका एजेन्ट केही कर्मचारी र सुरक्षाकर्मी, उत्तरसाम्राज्यवादको असली मतियार, केही सुराकी र सीआईडी हाम्रो पार्टी र क्रान्तिप्रेमी जनसमुदायमाथि षड्यन्त्र गर्न र कुटिल योजना बनाउन लागिपरे भने अर्कोतिर देशका राष्ट्रपे्रमी, जनप्रेमी, मानवअधिकारका पक्षधर, कम्युनिस्ट क्रान्तिकारी, राष्ट्रसेवक कर्मचारी, देशभक्त सुरक्षा निकायहरूमा काम गर्ने सुरक्षाकर्मी, किसान, मजदुर, सहिद परिवार, घाइते– अपाङ्ग, वकिल, बुद्धिजीवी, महिला, दलित, सुकुमबासी, श्रमजीवी, देशभक्त तथा मध्यमवर्ग, राजनीतिक विश्लेषक, जनप्रेमी कलाकर्मी, पूर्वरिटायर्ड अफिसरहरू, राष्ट्रभक्ता न्यायालय तथा न्यायकर्मी, विभिन्न जनपक्षीय सङ्घ÷संस्था, न्यायप्रेमी जनसमुदाय आदि र हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी अर्कोतिर धु्रवीकृत बन्न पुगे जसको बलमा राज्यका सबैखाले षड्यन्त्रहरूलाई निष्काम भएको छ । तिनै श्रमजीवी जनताको बलमा प्रतिबन्धको कुटिल योजनालाई पानीको फोकासरह खारेज गरिदिएको छ । विप्लव नेतृत्वको पार्टीलाई ३५ दिनमा सखाप पारिदिन्छौँ भनेर गुड्डी हाँक्ने दलाल पुँजीवादी एजेन्टहरूका महावाणीहरू गाँजा खाने पटमूर्खी साबित भएका छन् ।
तेस्रो : एकीकृत जनक्रान्तिको कार्यदिशालाई सही प्रयोग हुने प्रक्रियाको वस्तुनिष्ट प्रारम्भ भएको छ । जनताहरू पार्टीले अघिसारेको कार्यदिशा सही भएको तर्फ अग्रसर हुँदै गएका छन् ।
चौथो : पार्टीभित्र घुसेका छद्म अवसरवादी तथा दुस्मनका घुसपैठियाको पहिचान हुँदै गएको छ र उनीहरू पार्टीबाट निष्कासनतिर बहिर्गमित हँुदै गइरहेका छन् ।
पाँचौँ : पार्टीलाई एकीकृत जनक्रान्ति जित्नसक्ने र जनताको भरोसायोग्य बनाउन देखापर्ने खराबीहरूको सही र वस्तुनिष्ट पहिचान गरी पार्टीलाई रूपान्तरणको प्रक्रियामा अघि बढाउन यसैबीच निर्ममतापूर्वक शुद्धीकरणलाई अघि बढाउन सफल भएको छ । ‘क्रान्तिका लागि सुदृढ पार्टी, सुदृढ पार्टीका लागि शुद्धीकरण र शुद्धीकरणद्वारा पार्टीको रूपान्तरण’ (केन्द्रीय समितिको ऐतिहासिक आठाँै पूर्ण बैठकद्वारा पारित प्रतिवेदन २०७६) भन्ने मान्यतालाई पार्टीभित्र स्थापित गर्दै लैजान पार्टी सफल भएको छ ।
छैँटौँ : क्रान्तिकारी नेता–कार्यकर्ताहरू र क्रान्तिप्रेमी जनसमुदायहरूमा क्रान्तिकारी धु्रवीकरणको प्रक्रिया अघि बढिरहेको छ र त्यसका विशाल सम्भावनाहरूका थप आधारहरू पैदा भएका छन् ।
सातौँ : प्रतिबन्धको यो एक वर्ष दुस्मनलाई चिन्न, बुझ्न र उसका योजनाहरूको बहुपक्षीय नकारात्मतालाई उजागर गर्न सफल भएको छ ।
आठौँ : दलाल पुँजीवादी राज्यसत्ता र फासिवादी दमन तथा षड्यन्त्रहरूलाई चिर्नसक्ने, बुझ्नसक्ने र प्रतिरोध गर्नसक्ने तथा एकीकृत जनक्रान्तिलाई अघि बढाउनसक्ने र क्रान्ति जित्नसक्ने दिशातर्फ पार्टी, सेना, संयुक्त मोर्चा (सत्ता) र भरोसायोग्य जनाधार निर्माण हँुदै गएको छ ।
नवाँै : आफूलाई कम्युनिस्ट भन्ने, राष्ट्र र जनतालाई ठग्ने तथा लुट्ने पात्र –प्रवृत्तिहरूका गलत क्रियाकलाप र चरित्र उदाङ्गो हुँदै गएको छ ।
दसौँ : उत्तरसाम्राज्यवादी शक्तिहरू (अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाम्रो पार्टीका बारेमा गरेको टिप्पणी) र देशीय दलाल पुँजीवादी सत्ता र केपी–प्रचण्ड गुटको निद्रा समाप्त हुने गरी क्रान्ति झनै स्पातिलो, जुझारु र सक्षम बन्दै गएको छ ।
एघारौँ : हाम्रो पार्टी राष्ट्र र जनतामाझ क्रान्तिकारी वैकल्पिक शक्तिका रूपमा विकास हुँदै गएको छ र पार्टीमाथिका कैयौँ अन्योलहरूबारे आमन्यायप्रेमी जनसमुदाय र बौद्धिक समुदायहरूमा आशा जागृत हुँदै गएको छ । यीलगायत उल्लिखित प्रश्नहरूको एकमुष्ट जबाफ दिन हाम्रो पार्टी र हामी हिचकिचाउनुपर्ने कुनै कारण छैन ।

अनुभूति तीन
हाम्रो गौरवशाली तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको यो २०७६ फागुन २८ गते एक वर्ष पुग्यो । त्यही दिन बिहानै ७ बजे ‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?’ शीर्षकमा १० बुँदे पर्चा वितरण गर्दै भ्रष्टाचारी गोकुल बास्कोटामाथि पार्टीले कारबाही ग¥यो । यसले केही तरङ्ग पैदा गर्नुका साथै भ्रष्टाचारीहरूको क्याम्पमा हायलकायल मच्चिएको छ । यो कारबाहीको साङ्गोपाङ्ग समीक्षा समयानुसार हुने र गरिनेछ । तर यी विषयहरूमा ध्यान पु¥याउन आवश्यक छ :
प्रथम : भ्रष्टाचारी गोकुल बास्कोटामाथि चेतावनीस्वरूप कारबाहीको १ घन्टा पनि नबित्दै अन्नपूर्ण पोस्ट दैनिक अनलाइनमा रामकृष्ण अधिकारीले ‘प्रतिबन्धले विप्लवलाई धक्का’ शीर्षकमा लामो आलेख लेखे । त्यस्तै नयाँ पत्रिका दैनिकको अनलाइनमा टेकराज थामीको ‘प्रतिबन्धको एक वर्ष : विप्लव नेकपा अस्तव्यस्त’ शीर्र्षकमा मुख्य समाचार विश्लेषण प्रकाशित भयो । कान्तिपुर दैनिकको अनलाइनमा मातृका दहालले ‘यस्तो थियो राजधानीमा चन्द समूहको विस्फोटशृङ्खला ः नख्खुदेखि बास्कोटासम्म’ शीर्षकमा लामै आलेख लेखे । नागरिक दैनिकको अनलाइनमा टपेन्द्र कार्कीको ‘वार्ताभन्दा पक्राउमा ध्यान’ शीर्षकमा आलेख आयो । देशका मुख्यमुख्य दैनिक पत्रिकाहरू र सञ्चारमाध्यममा हाम्रो पार्टीका बारेमा लेखिएका सम्पूर्ण सन्दर्भहरू हेर्दा त्यहाँ आआफ्नै जोडकोणहरू छन् । त्यसमा कुनै खण्डन–मण्डन गर्नु वा टीका–टिप्पणी गर्नु केही छैन । उनीहरूले बाहिरबाट हेर्दा जे लाग्यो त्यही लेखे । जस्तो देखे होलान् त्यस्तै लेखे होलान् । ती आलेखहरूका कतिपय सन्दर्भहरू हेर्दा राज्यलाई उचाल्ने प्रकारका पनि छन । उनीहरूका आलेखका शीर्षकहरू हेर्दा राज्यको फासिवादी चरित्रलाई ताबेदारी गरेको अनुहार पनि झल्किएको देखिन्छ । मात्र यत्ति के भनूँ भने नेपालका ठूला मिडियाहरूका निश्चित मिसनहरू छन् । राष्ट्र, जनताका बारेमा सही सूचना सम्पे्रषण गर्नु पत्रकारिताको मूल मर्म हो भने सूचनाका नाममा अनावश्यक भ्रमपूर्ण कुराहरू प्रकाशित गर्नु, दलाल सत्ताको ताबेदारी गर्नु, उसको साखुल्ले हुन खोज्नु र विषयलाई कम आँक्नु वा अतिरञ्जना गर्नु पीतपत्रकारिता हो । भएका सही सूचनाहरू वस्तुनिष्ट होऊन्, सूचनाहरूको आधिकारिकता पुष्टि हुने गरी लेखून् र छापून्, यो हाम्रो आग्रह हो ।

दोस्रो : तत्काल दलाल पुँजीवादको असली मतियार बनेको सरकारी नेकपाका तर्फबाट छविलाल दाहालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट विज्ञप्तिमार्फत ‘आतङ्ककारी र आपराधिक घटना भएकाले तत्काल राज्यले कारबाही गर्नुपर्ने’ पुरानै डकार डकारे । प्रतिक्रियावादीहरूले १० बर्से महान् जनयुद्धका क्रममा यसप्रकारका शब्दहरू राखेर कैँयौँपटक विज्ञप्तिहरू आउने गर्दथे । आज छविलाल दहालले नै त्यो प्रकारको विज्ञप्ति दिने कुराले उनको राजनीतिक बाटो कहाँ पुग्यो भन्ने कुरा जनतालाई बुझाउन झनै छर्लङ्ग भएको छ । दलाल पुँजीवादी सत्ताका मतियारहरू बनिसकेपछि यसप्रकारका विज्ञप्ति दिनु कुनै नौलो कुरा भएन । मात्र विषय के हो भने राष्ट्र र जनतामाथि ठगी धन्दा चलाउनेहरूलाई आफैँले कारबाही गर्नुको सट्टा नेपाल कम्युनिस्ट पार्टीद्वारा गरिएको कारबाहीप्रति जाँडे तर्क गर्दै बहुलाएर हिँड्नु र बासी तर्कहरू गरेर बकबास गर्नु दलाल पुँजीवादी र अवसरवादी तत्वहरूको कामै हो । अझ यतिसम्म भन्न सकिन्छ– एकीकृत जनक्रान्ति अघि बढाउने क्रान्ति जित्ने पार्टीका लागि यो त ट्रेलर मात्र हो, खास चलचित्र प्रदर्शन हुन त बाँकी नै छ । जनताले भ्रष्टहरू र अपराधीहरूमाथि कारबाही गर्न छोड्ने छैनन् । यो कुरा पनि सम्बन्धित सबैले हेक्का राख्न आवश्यक छ । भीरबाट लड्नै थालेको गोरुलाई रामराम भन्न सबैले सक्लान् तर काँध थाम्न कसैले सक्नेछैन ।

तेस्रो : प्रतिबन्धपछि पार्टीबाट पलायन भएर भाग्नेहरूका बारेमा हो । नयाँ पत्रिका राष्ट्रिय दैनिकको अनलाइनमा टेकराज थामीले पदम राई र पूर्वपीबीएम मोहन कार्कीसहित देशभरबाट केही पलायन हुनेको जुन विवरण उल्लेख गरेका छन् त्यो सही छ । उनीहरू पलायन भएका छन् । क्रान्तिबाट भागेका छन । उनीहरूले क्रान्तिलाई धोका दिएका छन् । आफ्ना प्रतिबद्धतालाई दलाल पुँजीवादी सत्ताको जुठोपुरोसँग बिक्री गरेका छन् । जहाँसम्म पार्टीका पीबीएमहरू भन्ने सवाल छ, उनीहरूको गलत गतिविधि र पार्टी नीतिविपरीत कार्य गरेकाले जेलमै रहँदा पार्टीले शुद्धीकरणमार्फत उनीहरूलाई पार्टीबाट निष्कासन गरिसकेको कुरा घामझँै छलङर््ग छ । त्यसैले उनीहरू रुझेको मुसाजस्तो गरी सरकारी पार्टीको पाउमा लम्पसार पर्न पुगेका हुन् । मानिसका शरीरमा कहिलेकहीँ फोहोरी खटिरा (जसलाई पिलो पनि भनिन्छ) निस्कने गर्दछ । मानिसले त्यसलाई निचोरेर फाल्नु पर्दछ । जसरी पिलो निचोरिँदा मानिसको ओजन घटेको हुँदैन, हिउँदमा बिरुवाहरूमा पातहरू झर्दैमा बिरुवा मरेको वा सुकेको हुँदैन त्यसरी नै क्रान्तिबाट डरछेरुवाहरू भाग्दैमा क्रान्ति सकिँदैन र रोकिँदैन । हामी हेर्नसक्छौँ, विश्व कम्युनिस्ट आन्दोलन र नेपालमै पनि कम्युनिस्ट आन्दोलनहरूमा लागेका कैयौँ मानिसहरू क्रान्तिलाई धोका दिँदै दुस्मनको कित्तामा पुगेका छन् र हुन्छन् । यो सामान्य प्रक्रिया हो । उनीहरूलाई ‘नयाँ बोतलमा पुरानै रक्सी’ का रूपमा हेर्न र बुझ्न सकिन्छ । अर्को सत्य के हो भने कैयौँ बेला अवसरवादीहरू हरियो घाँसमा लुकेको हरियो सर्प बनेर पार्टीभित्र लुकेर बसेका हुन्छन् । निश्चित समयमा देखिन्छन्, चिच्याउँछन्, र हतारहतार लुक्ने ठाउँ खोज्दै भाग्छन् । त्यसैले उनीहरूको पलायन यसैको निरन्तरता मात्र हो र गलत मानिसहरू पार्टीबाट बाहिरिँदा पार्टी र क्रान्तिलाई बेहित हुँदैन, बरु हित नै गर्दछ । यो कुरा विश्व र नेपालको कम्युनिस्ट आन्दोलनले सिकाएको पाठ हो । यसै सन्दर्भमा होचिमिन्हको यो महान् भनाइ यहाँ राख्न सान्दर्भिक होला, ‘कायरहरू घुँडा टेक्छन्, क्रान्तिबाट भाग्छन् । बहादुरहरूले क्रान्ति लड्छन्, जित्छन् र अघि बढ्छन् ।’

चौथो : ‘आतङ्ककारी’, ‘आपराधिक’ र ‘चन्दाआतङ्क मच्चाएको’ जस्ता घृणित शब्दजालले भरिएका आरोपहरू वली सरकारले हाम्रो पार्टीमाथि थोपर्ने गरेको छ । यो साम्राज्यवादी, सामन्त, दलाल पुँजीवादी शक्तिहरूले लगाउने बासी आरोप नै हो । हिजो रुसमा बोल्सेभिकहरूलाई यही आरोप लगाइयो । चीनमा माओ र क्रान्तिकारीहरूलाई त्यही आरोप थोपरियो । १० वर्षसम्म सञ्चालित जनयुद्धमा तत्कालीन माओवादीलाई यी र यस्तै भाषा र शैलीका आरोपहरू थोपरियो । आज त्यही कुरा दोहोरिएको छ । मात्र पात्रहरू र सन्दर्भहरू फरक देखिएका छन् । त्यसैले ‘आतङ्ककारी’, ‘आपराधिक’, ‘चन्दा आतङ्क मच्चाएको’ जस्ता आधारहीन, बकम्फुसे तर्कको कुनै अर्थ र तुक छैन । यी र यस्ता बकम्फुसे आरोपहरूलाई खारेज गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन । बरु यो केपी–प्रचण्ड गुटको सरकारले नै जनतामाथि आतङ्क मच्चाएको छ । लूट मच्चाएको छ । राष्ट्रलाई कङ्गाल बनाएको छ । त्यो कुरा पछिल्लो बालुवाटार ललिता निवासकाण्ड र गोकुल बास्कोटा प्रकरणलाई हेरे पुगिहाल्छ । सत्ताधारीहरूले नै आपराधिक गिरोह सञ्चालन गरेका छन् । यो कुरा ३३ किलो सुन प्रकरण, वाइडबडी जहाज घोटाला प्रकरण र अहिले संसद्मा प्रतिनिधित्व गर्ने गुण्डा नाइके र ठेकेदारहरूको सूची हेरे पुगिहाल्छ । 

जहाँसम्म ‘चन्दा आतङ्क मच्चाएको’ को कुरा छ, यो पनि वाहियात तर्क हो । एउटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा त राष्ट्रको ७०÷७४ करोड झ्वाम पार्न खोज्छन् भने अरू के कुरा गर्नु ? नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता कमरेड प्रकाण्ड गिरफ्तार हुने बेला ‘चन्दा आतङ्क मच्चाएको’ नाममा मुद्दा थोपर्न खोजिएको थोयो । तर त्यो कुरामा दलाल सत्ताले कुनै तत्थ्य फेला पार्न सकेन र टाउको टाङमुनि छिराएर निउरीमुन्टे भयो । एकातिर हाम्रो पार्टीले विभिन्न व्यवसायीहरू र विभिन्न तह र तप्काका जनसमुदायलाई एकीकृत जनक्रान्तिका लागि सहयोग गर्नुहोस् भनेर अपिल गरेको छ । त्यसका साथै जनपरिषद् (सत्ता) ले निश्चित प्रतिशत करका रूपमा सहयोग गर्नुहोस् भनेर अनुरोध पनि गरेकै छ । अर्कोतिर पार्टीलाई आर्थिक हिसाबले सबैभन्दा संस्थागत र मितव्यायी परिचालन गर्ने पार्टी पनि हाम्रो पार्टी बन्न गएको छ । कैयौँ विकास निर्माणका योजनाहरू, भवन, बाटो, खानेपानी, बिजुली बत्ती, स्कुल, शौचालय र सहिद भवनहरूको निर्माण अघि बढाएको छ । छिटफुट रूपमा देखिने पार्टीको नीतिविपरीत आर्थिक कारोबार गर्नेहरूलाई पार्टीले शून्य सहनशीलतामा कारबाही अघि बढाएको छ । पार्टीको नाम बेचेर कहीँकतै कसैको खेलोमेलो चलेको छ भने त्यसको पनि खोजी पार्टीले गरेको छ । त्यसैले राज्यका भ्रष्ट मतियारहरूले लगाउने फजुलका यसप्रकारका भद्दा आरोपहरूको कुनै तुक रहनेछैन ।

पाँचौँ : वार्ताको सन्दर्भमा गरिएको कुप्रचारबारे पनि स्पष्ट हुन आवश्यक छ । २०७६ फागुन २८ गते नागरिक दैनिकको अनलाइनमा प्रकाशित टपेन्द्र कार्कीले ‘वार्ताभन्दा पक्राउमा ध्यान’ शीर्षकमार्फत आफ्नो आलेख सार्वजनिक गरेका छन् । यहाँ उनको आलेखबारे टीकाटिप्पणी गर्न खोजिएको होइन, सन्दर्भ मात्र राख्न खोजिएको हो । नीतिगत हिसाबले हाम्रो पार्टी कहिल्यै वार्ताविरोधी होइन र हुन सक्दैन । क्रान्तिकै क्रममा रुस, चीन, भियतनाम र हाम्रै देशमा समेत १० बर्से जनयुद्धको समयमा कैयौँपटक वार्ता र संवादहरू हुँदै आएको सन्दर्भ हाम्रो अगाडि ताजै छ । तर यहाँ हामी सचेत रहनुपर्ने के हो भने सबै वार्ताहरूले जनताका पक्षमा सही परिणामहरू दिँदैनन् । नेपालको १० बर्से जनयुद्धलाई प्रतिक्रान्तिमा विस्थापन गर्न वार्ताले नै मुख्य भूमिका निर्वाह गरेको थियो भन्ने कुरा भुल्नु हुुँदैन । वार्ता किन र केका लागि भन्ने विषय महत्वपूर्ण हुन्छ र हो । हाम्रो पार्टी नीतिगत हिसाबले कहिल्यै वार्ताको विरोधी थिएन र हुन सक्दैन तर यो फासिवादी सरकारले नै वार्ता भन्दै, षड्यन्त्र गर्दै गरेकाले पार्टी कहिल्यै वार्ता गर्ने कुरामा इच्छुक देखिएन । त्यसैले औपचारिक कुनै वार्ता समिति पनि गठन गरेन । 

प्रतिबन्धपछिको यो एक वर्षमा राज्यले अनेकौँपटक षड्यन्त्रहरू गर्दै आएको छ । प्रतिबन्धको सुरुआती चरणमा हाम्रो पार्टीमाथि ‘भ्रम छर्ने र दमन गर्ने’ नीति लियो । केपीले उरन्ठेउलो र हाँस्यास्पद ढङ्गले ‘हतियार बोकेर लुरुलुरु आत्मसमर्पण गर्न’ आउन भने र ३५ दिने म्याद सूचना जारी गरे । त्यसप्रकारको षड्यन्त्रलाई पार्टीले परास्त गर्नु थियो र ग¥यो । केपी नेतृत्वको फासिवादी सरकारको त्यो नीतिले धुलो चाटिसकेपछि दोस्रो चरणमा दोस्रो षड्यन्त्रका रूपमा ‘वार्ता भन्ने दमन गर्ने’ नीति अगाडि सा¥यो र सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ता समिति बनाएको नाटक पनि देखायो । तर त्यसको सही उद्दश्य थिएन । केपीमण्डलीको षड्यन्त्रकारी नीति बुझ्न मुस्किल पर्दैनथ्यो र परेन । सरकारले ‘वार्ता भन्ने दमन गर्ने’ रणनीति बुझेरै पार्टीले त्यसलाई पनि रद्दीको टोकरीमा मिल्काइदियो । यसैबीच मध्य कमान्ड इन्चार्ज कमरेड सुदर्शन, उपत्यका इन्चार्ज कमरेड माइला लामालगायतलाई कायरतापूर्वक गिरफ्तार ग¥यो । पार्टीले त्यो कुरा बुझेरै राज्यको वार्ताको कुरालाई थोत्रो टोकरीमा मिल्काइदिइसकेको थियो । त्यसपछि फासिवादी सरकार सर्वदलीय सहमति कायम गर्ने भन्दै विभिन्न दलहरूको ढोका चहार्न पुग्यो र ‘सर्वदलीय सहमतिसहित दमन गर्ने’ रणनीतिमा आएको छ । त्यसमा पनि घोर षड्यन्त्र छ । त्यसैले राज्यको यसप्रकारको गलत र षड्यन्त्रकारी नीतिका विरुद्ध सङ्घर्ष गर्नुबाहेक क्रान्तिकारी पार्टीको अर्को विकल्प थिएन र छैन । यसमा सबै स्पष्ट हुनुपर्छ ।

छैटौँ : बलिदान, जेल, नेल र हिरासतको कहर । यसबीच कमरेड कुमार, कमरेड तीर्थ, कमरेड निरकुमार, कमरेड महान, कमरेड दीपेन्द्र, कमरेड निरन्तर, कमरेड प्रज्वल, कमरेड रविन, कमरेड रामस्ािंहले बलिदानी दिनुभएको छ । अवश्य क्रान्तिका क्रममा सहिदहरू बन्न सकिन्छ । सबै कमरेडहरू पार्टीको योजना कार्यान्वयन गर्ने सन्दर्भमा सहिद बन्नुभएको छ । महान् सहिद कमरेडहरूको बलिदानको बदला एकीकृत जनक्रान्तिले लिने नै छ । त्यसका साथै कमरेड सुदर्शन, कमरेड शिलु, कमरेड रणवीर, कमरेड माइला, कमरेड प्रज्वलन, कमरेड बन्धु, कमरेड हितमान, कमरेड आदर्श, कमरेड सुवास, कमरेड दीपेशलगायत सयौँजनामाथि विभिन्न झूट्टा मुद्दाहरू थोपरिएको छ र उहाँहरु जेल—हिरासतमा बन्दी बनेर पार्टीको नीतिअनुसार प्रतिबद्धताका साथ जेलको मोर्चालाई प्रभावकारी बनाउँदै हुनुहुन्छ । यसले पार्टीको परिपक्वता, क्रान्तिप्रतिको दृढ सङ्कल्प र निष्ठालाई दर्साउँछ । यो अजङ्गको चट्टानी अडानले गर्दा दुस्मनहरू तिलमिलाइरहेका छन् । कातरहरू सल्बलाइरहेका छन् । पहिला सुराकी गरेर गिरफ्तार गराउने र पछि आत्मसमर्पण गराउन टुप्पीदेखिकै बल लगाएर ४ बुँदे फाराम बाँड्दै जिल्ला प्रशासन र प्रहरी कार्यालयमा दौडिएका सन्दर्भहरू र दौडिने पात्रहरूको सूची र पहिचान पनि भएकै छ । उपयुक्त समयमा त्यसको हिसाबकिताब एकीकृत जनक्रान्तिले गर्ने नै छ । यी सबै सन्दर्भहरूलाई हेर्दा हामी आफैँले र हाम्रो आफ्नै पार्टीले जानीबुझीकन सिर्जना गरिएको परिस्थिति हो यो । यसमा सिङ्गो पार्टीपङ्क्तिलाई कुनै पश्चाताप हुने कुरै छैन । हाँसीहाँसी मर्नसक्ने र मर्दामर्दै बाँच्नसक्ने जीवनलाई क्रान्तिकारीहरूले सहर्ष स्वीकार गरेकै विषय हो । यसबीच बन्नुभएका सहिद तथा जेल–हिरासतको कहर बेहोर्ने कमरेडहरूको दिशानिर्देशले अवश्य एकीकृत जनक्रान्तिको सान र मान बढाएको छ ।
निष्कर्ष
केही समयअगाडि कुनै सन्दर्भले महासचिव कमरेड विप्लवसँग भेट हुने मौका मिलेको थियो । करिब २ घन्टा लामो बसाइ र छलफलपछि पार्टीमाथि आउने जुनसुकै कठिन र अप्ठ्यारा चुनौतीहरूलाई डटेर सामना गर्ने निर्देशनात्मक भावसहित महासचिव कमरेडले मुसुक्क हाँसेर गीतका शब्दहरू गुनगुनाउनुभयो :
निरन्तर बग्ने समय, समयझैँ बदलिन्छ युग
सपना उड्छ युगसँग
युग फेरिन्छ सपनासँग
सपनाका यात्रीहरू (सपना) जोगाउनुपर्छ…
सङ्गीत म आफँैले निकै मेहनत गरेर तयार पारेको छु । यो छिट्टै सुन्न पनि पाउनुहुनेछ । आदरणीय महासचिव कमरेडले भन्नुभएजस्तै हाम्रा सपनाहरू सुन्दर छन् । त्यसैले त हामी खटिरहेका छौँ । हामी डटिरहेका छौँ र जुटिरहेका पनि छौँ । कोही सहिद बनेका छौँ । कोही घाइते–अपाङ्ग भएका छौँ । कोही जेलमा छौँ । कोही हिरासतमा छौँ । कोहीले नेल भिरिरहेका छौँ । कोही चरम यातनाको कहरलाई हाँसी–खुसी स्वीकार गरिरहेका छौँ । कोही गाँउबस्ती र सहरका गल्लीहरू तथा चोकचोकहरूमा पार्टीको योजना सफल पार्न केन्द्रित छौँ । कोही श्रमिक वर्गका जनतासँग हातेमालो गर्दैछाँै । कोही पिटी–परेडमा छौँ । कोही सङ्घर्षको योजनामा छौँ । आआफ्नै काममा छौँ र व्यस्त छौँ । एकीकृत जनक्रान्तिलाई विजयसम्म पु¥याउने प्रतिबद्धतामा छौँ किनकि हाम्रो बाटो सुन्दर छ । हाम्रा योजनाहरू वस्तुनिष्ट छन् । हाम्रो भविष्य उज्ज्वल छ ।’ सपनाका यात्रीहरू (सपना) जोगाउनुपर्छ । प्रतिबन्धको यो एक वर्षमा हामी झन् बलिया भएका छौँ । हामीले अवश्य जित्नेछौँ । एकीकृत जनक्रान्ति– जिन्दावाद ! वैज्ञानिक समाजवाद– जिन्दावाद !

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :