लाखौँ मानिस काठमाडौँ छोड्दै

काठमाडौँ : देशैभरीबाट अवसर, रोजगारी, अध्ययन, विदेश यात्रा र अन्य विभिन्न कामको लागि लाखौँ मानिस राजधानी आउँछन् । कोभिड १९ को त्रास फैलिएसँगै राजधानीमा रहेका लाखौँ मानिस काठमाडौँ बाहिरीन थालेका छन् । कोरोनाको त्रासले सरकारले विद्यालय लगायत सार्वजनिक स्थलहरु बन्द गरेसँगै काठमाडौँ उपत्यकाबाट बाहिरीनेको सँख्या बढेको हो । दशैँको बेला जस्तै कलंकी गोगंबु लगायतका बसपार्कहरुमा यात्रुहरुको भिड लाग्ने गरेको छ । गाँउतिर फर्किनेको भिड बढेपछि खाली खाली उपत्यका भित्रिएका सवारी साधन उपत्यका बाहिर जाँदा खचाखच यात्रु लिएर फर्किने गरेका छन् । नेपालमा कोरोनाको उच्च जोखिम रहेको विवरणहरु सार्वजनिक हुन थालेपछि आम जनमानसमा त्रास उत्पन्न भएको छ । यसैबीच काठमाडौँका सार्वजनिक सवारीसाधनमा यात्रुहरु खचाखच भरिन थालेपछि कोरोनाको जोखिम रहेको भन्दै सरकारले सार्वजनिक यातायात बन्द गर्ने जनाएको छ । शुक्रबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिको बैठकले सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको हो । 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :