युवा संगठन नेपालका ३ जना समर्थक गिरफ्तार, संगनको गम्भीर आपत्ति

काठमाडौँ :  नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालका समर्थक अमृत, लक्ष्मण र टेक लुहारले आफ्नो संगठनलाई समर्थन गरेकै कारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ ।
शुक्रबार उक्त संगठनका कार्यबाहक अध्यक्ष दिनेशले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यप्रति आपत्ति जनाएका हुन् ।
संगठनला केन्द्रीय कार्यबाहक अध्यक्ष दिनेशद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नेपाली युवाहरूको जुझारु एवंम् गौरवशाली संगठन युवा संगठन नेपालका समर्थक अमृत, लक्ष्मण र टेक लुहारलाई राजनैतिक आस्था राखेकै कारण ०७६ चैत्र ०६ गते काठमाडौँबाट सामाजिक फासीवादी कथित कम्युनिस्ट सरकारको गृहप्रशासनले बिनाकारण गिरफ्तार गरेको घटनाप्रति हाम्रो संगठन घोर निन्दा एवंम् भत्सर्ना गर्दछ ।’

साथै विज्ञप्तिमा भनिएको छ ‘लोकतान्त्रमा जुनसुकै पार्टी र संगठनमा आस्था राख्न पाउनु नागरिकको अधिकार हो । गिरफ्तार गरिएका समर्थक साथीहरुलाई कपोकल्पित झुठ्ठा मुद्दा लगाई जेल र हिरासत राख्ने कार्य राज्यले तुस्बन्द गरोस् । हाम्रो संगठन गिरफ्तार गरिएका समर्थक साथीहरुलाई तु(रिहाईको जोडदार माग गर्दछ ।’

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :