कोरोना प्रकोप : युरोप र अमेरिकामा तिव्रगतिमा फैलिदै

 विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड– १९) युरोप र अमेरिकामा तिब्र गतिमा फैलिइरहेको छ । युरोपमा अहिले सबैभन्दा बढि कोरोनाको प्रभाव परेको छ भने अमेरिकामा पनि तिव्र गतिमा फैलिइरहेको छ । महामारीबाट अहिले सबै भन्दा बढि प्रभाबीत इटाली भएको छ । इटालीमा मात्र कोरोनाको कारण मृत्यु हुनेको संख्या २५ सय पुगेको नाघेको छ भने ३१ हजार संक्रमित छन् । युरोप हुँदै अमेरिका प्रवेश गरेको कोरोना त्यहाका ५० वटै राज्यमा कोभिड–१९ को संक्रमण देखिएको देखिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । अमेरिकामा संक्रमितको संख्या ६ हजार ४ सय ६८ पुगेको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ । चिनमा नियन्त्रणमा आएपनि विश्वभरी नै महामारीको रुपमा फैलिएपछि लाखौँ मानिस जोखिममा पर्ने भन्दै स्वास्थ्य विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् ।। 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :