दलाल सरकारको चौतर्फी प्रतिरोध र सांस्कृतिक प्रतिरोध दिवस

काठमाडौँ : केपी वली सरकारले नेकपामाथि प्रतिबन्ध लादेको एक वर्ष पूरा भएको छ । यो एक वर्षमा एकीकृत जनक्रान्तिमा लामबद्ध कमरेड कुमार, तीर्थ, नीरकुमारलगायत नेकपाका दसजना होनहार योद्धाले सामाजिक दलाल पुँजीवादी सरकार र सत्ताको प्रतिरोध गर्दागर्दै बलिदान दिएका छन् । नेकपाका तत्कालीन स्थायी समिति सदस्य कमरेड सुदर्शनसहित करिब दुई हजार नेता–कार्यकर्ताले दलाल पुँजीवादी व्यवस्थाको सामाजिक फासिवादी सरकारका जेल, नेल, हिरासत र कठोर शारीरिक–मानसिक यातनाको प्रतिरोध गरेका छन् । दलाल सत्ताको प्रतिरोध गर्न नसकेर कतिपय अवसरवादी नेता–कार्यकर्ताले पलायन र गद्दारीको बाटो पनि समातेका छन् । फासिवादी सत्तासँगको प्रतिरोधका यी एक वर्ष क्रान्तिकारी जीवनमा केही कष्टकर भए पनि श्रेष्ठ साबित भएका छन् । श्रमिक–सर्वहारावर्गको खुसी र मुक्तिका लागि व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर हाँसीहाँसी बलिदान गर्ने, बलिदानको बाटोमा सगर्व लामबद्ध हुने, जस्तासुकै कठिन परिस्थितिको पनि डटेर सामना गर्ने, एकीकृत जनक्रान्तिको महान् यात्रामा त्याग, शौर्य र समर्पण देखाउने, प्रतिरोधका लागि हरदम तत्पर, इमानदार र क्रान्तिकारी योद्धाहरूप्रति हार्दिक अभिवादन प्रकट गर्दछौँ र आत्मसमर्पणवादी तथा दलाल केपी–पीके सरकारको टाङमुनि लम्पसार पर्न जाने कायरहरूप्रति चरम घृणा व्यक्त गर्दछौँ ।
दस वर्षसम्म सञ्चालित महान् जनयुद्धका क्रममा दसौँ हजार क्रान्तिकारी योद्धाहरूले तत्कालीन फासिस्ट सत्ता र सरकारका विरुद्ध आफूलाई विस्फोट गराएर प्रतिरोधका किल्लाहरू तयार पारेका थिए । २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा सातजना जनकलाकारले देखाएको अभूतपूर्व त्याग, शौर्य, क्रान्तिप्रतिको समर्पण, प्रतिबद्धता र फासिस्ट सत्ताको प्रतिरोध गर्दागर्दै उनीहरूले गरेको बलिदान नेपाली क्रान्तिको इतिहासमा अमिट छ । च्याङ्बा लामा, गुम्बसिंह तामाङ, मञ्जु कुँवर, निर्मला देवकोटा, चिनीमाया तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठसहित सातजना कलाकार पार्टीकामको सिलसिलामा सांस्कृतिक अभियानकै क्रममा काभ्रेको अनेकोटमा एक घरमा सुरक्षित बास (सेल्टर) बसिरहेको अवस्थामा एमालेका जिल्लास्तरका नेताहरूको सुराकीका आधारमा तत्कालीन सत्ताले घरभित्रै आगो लगाएर र निहत्था प्रतिरोध गर्दागर्दैको अवस्थामा गोली हानेर कायरतापूर्ण हत्या ग¥यो । अनेकोटको भूमि सातजना जनकलाकारको रगतले रङ्गियो । कलाकारहरूले नेकपा माओवादी जिन्दावाद, महान् जनयुद्ध जिन्दावादको नारा लगाउँदै मुठी उठाएर अन्तिम सास फेरे तर तत्कालीन सत्ताका विरुद्ध आत्मसमर्पण गरेनन् । जनयुद्धको इतिहासमै संस्कृतिकर्मीहरूले गरेको यो प्रतिरोध र बलिदान अद्वितीय रह्यो । पार्टीले यो प्रतिरोधको इतिहास कायम राख्न र प्रतिरोधका लागि ऊर्जा थप्न हरेक वर्ष चैत ५ गतेलाई सांस्कृतिक प्रतिरोध दिवसका रूपमा स्थापित ग¥यो । जनयुद्धको असली उत्तराधिकारी नेकपा र नेकपाको सांस्कृतिक मोर्चाले हरेक वर्ष त्यो इतिहास, त्यो ऊर्जा, त्याग, शौर्य र बलिदानलाई एक ऐतिहासिक जनपर्वका रूपमा मनाउँदै आएको छ ।
हिजो योद्धाहरुले प्रतिरोध र बलिदानको कीर्तिमान कायम गरेर नायक र नेता बनाएका प्रचण्डहरु फेरि दलाल सत्ताका रक्षकका रुपमा प्रतिक्रान्तिकारी बनेका छन् र अनेकोटहरुमा योद्धाहरुको हत्या गराउने एमालेसँगै बिलाएका छन् । केपी सरकारले नेकपा र उसका जनवर्गीय सङ्गठनहरूमाथि गतवर्ष फागुन २८ गते प्रतिबन्ध लगाएपछि सांस्कृतिक प्रतिरोध दिवस पनि क्रान्तिकै मैदानमा मनाउने गरिएको छ । यो वर्ष पनि क्रान्तिमैदानमै प्रतिरोध दिवस मनाइएको छ । हामी अनेकोटमा तत्कालीन फासिवादी सत्ताको प्रतिरोध गर्दागर्दै बलिदान गर्ने ती महान् सांस्कृतिक सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै त्यो बलिदानको स्पिरिटलाई एकीकृत जनक्रान्तिको मैदानमा पनि जीवन÷व्यवहार बनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
अनेकोटलगायत देशभर फासिवादी सत्ताको प्रतिरोध गर्दागर्दै बलिदान गर्ने दसौँ हजार सहिदको रगतमा टेकेर आएका प्रचण्ड, बाबुराम र बादलहरूले आज त्यो बलिदानलाई बिर्सेका मात्र छैनन्, त्यसको घोर अपमान, घृणा र तिरस्कार गरेका छन् । सत्ताशक्तिको दुरुपयोग गर्दै उनीहरूले आज बलिदानको महान् यात्रालाई आत्मसात गर्नबाट अवरुद्ध गर्ने धृष्टता पनि गरेका छन् । केपी वली सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध, एकीकृत जनक्रान्त्मिा लामबद्ध ११ जना योद्धाहरूको हत्या र बलिदान, सरकारका भ्रष्ट प्रवक्ता गोकुल बास्कोटामाथिको कारबाहीपछि प्रचण्डले निकालेको कायरतापूर्ण विज्ञप्ति त्यसैका उपज हुन् । हिजोका सत्ताहरूले पनि क्रान्ति अभियानमा लामबद्ध हुनेहरूलाई दिने उपमा भनेको आतङ्ककारी नै थियो र आज पनि प्रचण्डले क्रान्तिकारीहरूलाई आतङ्ककारीको पगरी नै गुथाएका छन् । सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध पानीको फोकाझैँ निष्प्रभाबी भएर फुटेपछि संसारभर भ्रष्टाचारी, हत्यारा र राष्ट्रघातीका रूपमा चित्रित रबदनाम केपी–पीके सरकार आज नेकपामाथि प्रतिबन्ध लगाएर, नेकपाका नेता–कार्यकर्ताको हत्या गरेर, नेता–कार्यकर्तामाथि झूट्टा मुद्दा थोपर्दै जेल–हिरासतमा सडाएर र नेकपा र उसका क्रियाकलापलाई आतङ्ककारी ठहर गरेर पानीमाथिको ओभानो बन्ने दुष्चेष्टा गरिरहेको छ । राष्ट्रघात, आत्मसमर्पण, हत्या, लूट, व्यभिचार, भ्रष्टाचार र बलात्कारका दर्जनौँ काण्डैकाण्डको चाङमा पुरिएको वली सरकार र सरकारी नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला गतिविधि हतास मनस्थितिका अभिव्यक्ति र उपज हुन् । यो सरकार मात्र होइन, दलाल संसदीय व्यवस्था नै जनप्रतिरोधका कारण धुलीसात, खण्डहर र जीर्ण बनिसकेको छ । जनयुद्धमा योद्धाहरूले देखाएको प्रतिरोधको कौशल आज एकीकृत जनक्रान्तिमा पनि योद्धाहरूले देखाइरहेका छन् । यसको अर्थ हो– वली सरकार र यसको टेको यो दलाल संसदीय व्यवस्था जनताको शक्तिशाली प्रतिरोधको एक धक्का कुरेर बसेको छ । मुलुक यो दलाल पुँजीवादको चिहानमा झुल्किने वैज्ञानिक समाजवादको पहिलो किरणको पर्खाइमा छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूमा आन्दोलनमा लामबद्ध सबै पक्षले यो सत्यलाई आत्मसात गर्दै अब एकीकृत जनक्रान्तिको प्रतिरोध अभियानमा सामेल हुनु आवश्यक छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :