बझाङ जनसरकार प्रमुख गिरफ्तार, सुराकीलाई जनकार्वाही गर्ने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका बझाङ जिल्ला जनसरकार प्रमुख बाजिलाल शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ । जनसरकार प्रमुख शाहीको गिरफ्तारीपछि सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा बझाङले शाहीलाई बिनाशर्त रिहा गर्न माग गरेको छ । नेकपा बझाङका इन्चार्ज विराट र सचिव हरिलालले जारी गरेको प्रेस विज्ञप्तिमा जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ७ स्थित भवानी मावि माडौकाट्ने विद्यालयमा शिक्षकसंग छलफलका क्रममा रहेको बेला सुराकीले गिरफ्तार गराएको उल्लेख छ । विज्ञप्तीमा भवानी माविका प्रअ र शिक्षकहरुले जनसरकार प्रमुख शाहीलाई विद्यालयमा बोलाएर सादा पोसाकमा प्रहरीलाई खवर गरि योजनाबद्ध ढंगले गिरफ्तार गराएको भन्दै सुराकी गर्नेलाई जनकार्वाही गर्ने चेतावनी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :