नेपालका दुई छिमेकी देश, चिनमा कोरोना संक्रमीत घट्दै भारतमा बढ्दै

काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विरुद्धको युद्धमा छिमेकी राष्ट्र चिनले ठुलो सफलता पारिरहेको बेला अर्को छिमेकी राष्ट्र भारतमा यसको संक्रमण तिव्रगतिमा फैलिरहेको छ । भारतीय संचारमाध्यमहरुले जनाए अनुसार कोरोना संक्रमीतको संख्या भारतमा ७४ पुगेको छ । कोरोनो संक्रमणको कारण भारतमा पहिलो पटक एकजनाको ज्यान समेत गएको छ । भारतको कर्नाटक राज्यमा केही दिन अघि मात्र साउदी अरेबियाबाट आएका ७६ बर्षीय एक ब्यक्तिको मृत्यु भएको हो । भारतमा कोरोनाको संक्रमण फैलिएसँगै नेपाल पनि उच्च जोखिममा रहेको छ । नेपाल भारतको सिमाक्षेत्रमा कम्तिमा २ दर्जन बढि खुला नाका रहेका कारण पनि नेपालमा कोरोनाको जोखिम उच्च रहेको हो । दुवै देशको सरकारले सिमा क्षेत्रमा स्वास्थ्य जाचको ब्यवस्था गरेको र आवागमनको लागि नाका सिमीत पारेपनि त्यस्तो ब्यवस्था प्रभावकारी नभएकोले आफुहरुमा त्रास उत्पन्न भएको सिमाक्षेत्रका नेपालीहरुको भनाई छ ।

उता छिमेकी राष्ट्र चिनले कोरोना विरुद्धको युद्धमा ठुलो सफलता हात पारेको बताएको छ । बिहिबार सम्म आउदा चिनमा कोरोना संक्रमीतका नयाँ बिरामी जम्मा ४ जना मात्र फेला परेका छन् । अस्पतालमा राखिएका हजारौँ बिरामी उपचारपछि निको भएर घर फर्किएसँगै बिस्तारै त्यँहाको जनजिवन सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ । करिब १ लाख मानिसहरु संक्रमीत हुदा पनि चिनले निकै सक्रिय पहलकदमी लिएर कोरोनो नियन्त्रणमा सफलता हात पार्दै गएको हो । चिनमा नियन्त्रणतर्फ गएपनि भारतमा फैलीएको कोरोना संक्रमणले नेपाल जोखीमा रहेकोले उच्च सतर्कता आवश्यक छ । सरकारी तवरबाट गरिएका पुर्व तयारी अर्पयाप्त रहेको स्वास्थ्य विज्ञहरुले बताईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :