कोरोनाभाइरस त्रास, श्रम स्वीकृति र पर्यटक भिसा रोकियो

तस्बीर श्रोत :गुगल

काठमाडौँ : विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द गरेको छ । अब देखी बैदेशीक रोजगारीका लागि जाने र अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई पनि अनुमति दिईने छैन ।

यसअघि नेपाल सरकारले दक्षिण कोरियामा मात्र कामदारहरु नपठाउने निर्णय गरेपनि नेपाली कामदार जाने अन्य मुलुकमा समेत कोरोना भाइरसको प्रकोप बढेसँगै सरकारले श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो ।

यस्तै सरकारले अन्तर्राष्ट्रिय पर्यटकको भिसा पनि रोक्ने निर्णय गरेको छ । शुरुमा कोरोना प्रभावित ५ मुलुकको भिसा रोक्ने भनेको सरकारले अहिले थप अरु देशको पनि अन अराईभल भिसा रोकेको हो । संक्रमण नियन्त्रण तथा रोकथाम उच्च स्तरिय समितिले बिहिबार गरेको निर्णय अनुसार कोरोनोका जोखिमलाई ध्यान दिएर यस्तो निर्णय गरिएको बताएको छ । सरकारले अन अराईभल भिसा रोक्ने निर्णय गरेपनि कुनै विकल्प नदिएको कारण नेपाल आउन चाहने गैर आवासीय नेपालीहरु समस्यामा पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :