के मोदीले अमेरिकासँग हतियार किन्लान ?

Modi r trump

काठमाडौं/असार १७ : भारत चीनपछि विश्वको सबैभन्दा ठुलो बजार हो । जसका कारण चीन, रुस, बेलायत, फ्रान्स, अमेरिकालगायतका देशहरुले भारतीय बजार हडप्न ठुलो कसरत गरिहेका छन् । ओबामा प्रशासनले भारतसँग बढाएको निकटताका कारण चीन र पाकिस्तानसमेत झस्किएको ठानिन्थ्यो । ट्रम्प प्रशासनले ओबामा नीतिलाई नै निरन्तरता दिने घोषणा त गरेको छ । तर भारत र अमेरिकाका सम्बन्धमा दुई वटा उल्झन देखिएका छन् । पहिलो, अमेरिकाको भारतसँग मासिक ४० अर्ब अमेरिकी डलर ब्यापार घाटा छ । हतियार ब्यापारमा टिकेको अमेरिकाका लागि भारतसँगको ब्यापार घाटा घटाउने एकमात्र उपाय हतियार विक्री हो ।

भारतले अमेरिकाबाट साउदी अरबको झैं हतियार खरिद गर्ने सम्भावना कम छ । किनकी भारतको रुससँग परम्परागत र विश्वसनिय राजनीतिक समझदारी छ । अमेरिकाको ज्यानी दुस्मन इरानसँग पनि भारतको राम्रो सम्बन्ध छ । अर्कोतिर अमेरिका अफगानिस्तानमा पुनः अमेरिकी सेना थप्ने मनस्थितिमा देखिन्छ । अफगानिस्तान र पाकिस्तानको खुला सिमाना छ र पाकिस्तानको सहयोग नभइकन तालिवान विद्रोहीसँग लड्न कठिन छ । यतिवेला नरेन्द्र मोदी अमेरिका भ्रमणमा छन् । विश्व शक्तिको दावि गरिहेको भारतसँग एकतर्फी सम्बन्ध राख्दा पाकिस्तानसमेत अमेरिकाको विरुद्ध जाँदा अमेरिकालाई थेग्न गाह्रो छ ।

मोदीले अमेरिकासँग हतियार खरिदको सम्झौता नगरे ट्रम्पले भारतसँगको व्यापार घाटा कम गर्न भारतसँगको सम्बन्ध मै पुनरावलोकन गर्न सक्ने देखिन्छ । रुस, इरान र चीनसँगको टाढा हुन भारतलाई त्यती सहज छैन । भारतले अमेरिकाबाट ड्रोन खरिद गरेको छ । तर ट्रम्प प्रशासन भारतलाई लडाकु जहाज बेच्न र भारतीय बजारमा लगानी गर्न चाहन्छ । तर भारत विश्वको लोेभ लाग्ने बजार,उपभोक्ता मात्र बनिरहन चाहन्न । उसले ‘मेकइन इण्डिया’ नारा लगाउन थालेको छ । भारतीय प्रम मोदीले अमेरिका भ्रमणको अवसरमा अममेरिकासँग हतियार खरिद सम्झौता गर्छन् या गर्दैनन् ? त्यसले धेरै हदसम्म भारत–अमेरिका सम्बन्ध निर्धारण गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :