कमिशनमा कुरा नमिल्दा पोखरा सस्तो बजारमा प्रहरी आतंक

raju-gorkhali- rajkaji gurung- yubraj khatiwadaकाठमाडौं/असार १७  :  पोखरा महानगरपालिकाको सस्तो बजारमा प्रहरी आतंक छाएसँगै बजार बन्द भएको छ । पोखरा महानगरपालिकामा रहेका सडक व्यापारीहरुलाई व्यवस्थित गर्ने उदेश्यले २०६९ साल देखि सो बजार सञ्चालन ल्याएको थियो । पोखरा उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा राजनीतिक दलका संयुक्त पहलमा पोखरालाई शुन्दर बजार बनाउने भन्दै सडक व्यावसायीहरुलाई सो स्थानमा सारिएको थियो ।

19691251_1932633910351175_618066014_n

नेपाल वायु सेवा निगमको स्वमितोमा रहेको सो जग्गालाई ठेक्का प्रक्रिया मार्फत व्यापारिहरुलाई दिने प्रक्रिया निगमले अगाडी बढाएसँगै विवाद सिर्जना हुन थालेको हो । सस्तो बजार व्यवस्थापन समितिले निगमले सोझै आफूहरुसँग सम्झौता गर्नु पर्ने माग गर्दै आएका थिए । व्यापारीको मागलाई वेस्वास्ता गर्दै निगमका महाप्रबन्धक सुगतरत्न कङ्साकार, माओवादी नेता नारायण दाहालको मिलेमतोमा गुण्डा नाइके राजु गोर्खालीले सो ठेक्का हात पारेसँगै विवाद थप उत्कर्षमा पुगेको हो । निगमले ठेक्का प्रक्रियामा लैजादा ठेक्का पाउँन योग्य पहिलो, दोस्रो र तेस्रो ठेकेदारले प्रक्रियाबाट बाहिरीदा प्रक्रिया रद्द हुने प्रचलित सार्वजनिक खरिद ऐन विपरीत ७ औं नम्बरमा रहेका गोर्खालीलाई निगमको निमावलीको आधार भन्दै ठेक्का दिलाएको थिए ।

19621700_1932622940352272_1169005082_n

पोखराको स्थानीय गुण्डा युवराज खतिवडा, माओवादी केन्द्रका नेता राजकाजी गुरुङ र प्रहरीको मिलेमतोमा राजु गोर्खालीको ठेक्का थमौतीको लागी प्रहरी परिचालन गर्दै व्यावसायी माथी आतंक सिर्जना गरिरहेको व्यवसायीहरुको आरोप छ । निमुखा व्यापारीहरु माथि दमन गर्न माओवादी केन्द्रका नेताहरु नै अघि सरेका छन् । यो देखेर व्यापारीहरु चिन्तीत भएका छन् । सडक व्यापारीहरुलाई सो स्थानमा राख्न तत्कालीन माओवादी पार्टी र उसको नेतृत्वले मुख्य भुमिका खेलेको भएपनि यतिवेला आफूहरुलाई लखट्न पनि माओवादी नेताहरु नै लाग्नु दुःखको कुरा भएको व्यापारीहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :