घर बगाउँदा एकै परिवारका ३ मृत्यु, ३ घाइते

pahiroकाठमाडौं/असार १७ : तेह्रथुमको म्याङलुङ नगरपालिका–५ स्थित आमदीममा गएराति पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु ३ जना गम्भीर घाइते भएको छ । पहिरोले कुमारी लिम्बुको घर बगाएको थियो । घर माथिबाट खसेको पहिरोले घर बगाउँदा ५० वर्षीया कुमारी लिम्बु, उनकी ९ वर्षीय नातीनी प्रिती र ७ वर्षिय नाती प्रेम लिम्बुको मृत्यु भएको छ । पहिरोमा परी कुमारीका भायहरु ४० वर्षीय सोमकुमार र ३५ वर्षीय तेज कुमार लिम्बु र नातीनी १५ वर्षीया पञ्चकुमारी लिम्बु गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :