क्रान्तिकारी बन्दै – नेकपा

 

biplove-1

अम्बिका चन्द/काठमाडौं, असार १७ : पुरानो संसदीय व्यवस्थालाई दलाल संसदीय व्यवस्थामा संस्थागत गर्नको लागि सम्पन्न गरिएको स्थानिय निकायको निर्वाचनको सेरोफेरोमा राज्यबाट ५ सयको हाराहारीमा नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता गिरफ्तार गरिएको अनुमान छ । यद्यपी सरकार र नेकपा दुवैपक्षले यसको विवरण सार्वजनिक गरेका छैनन् ।

चुनावको घोषणा लगत्तै नेकपाको वहिस्कार तथा खारेजीको राजनैतिक अभियानबाट तर्सिएको सरकारले आस्थाका आधारमा धेरैलाई पक्राउ ग¥यो । पक्राउ गरिएका कतिपयलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा लगाउँदै जेल पठाएको छ भने कैयौैंलाई विभिन्न हिरासतहरुमा राखेको छ ।

पक्राउ गरिएका केन्द्रीय सदस्यहरु नारायण महर्जन र मकर गुरुङलाई तत्काल रिहा गरेपनि हाल केन्द्रीय सदस्यहरु सन्त कुमार लिम्वु ‘सुमन’, सन्देश पौडेल ‘सन्देश’ अहिले पनि विभिन्न हिरासतमा रहेका छन् ।
दोश्रो चरणको निर्वाचन सकिएपछि भने कतिपय ठाउँबाट गिरफ्तार गरिएकाहरुलाई रिहा गरिएको छ । यसरी रिहाई हुनेहरुले आफ्नो हिरासतको बसाइलाई पार्टीको राजनैतिक कार्यदिशा एकीकृत जनक्रान्तिकै एउटा फरक मोर्चा भएको बताएका छन् ।

५७ दिनको हिरासत बसाइपछि संचारकर्मीसँग कुरा गर्दै नेकपाकी बर्दीया इन्चार्ज देवकला अधिकारीले आफ्नो पार्टी विस्तारै शक्तिशाली बन्दै गइरहेको बताउनु भयो । सबै सरकारी संयन्त्र, राजनैतिक दलहरु एकातिर र आफनो पार्टी अर्कोतिर भएर चुनाव गर्दा पनि आफ्नो पार्टीसँग राज्य निकै आतंकित भएर गिरफ्तार धरपकडका घटना तीव्र बनाएकाले आफ्नो पार्टी शक्तिशाली बन्दै गएको पुष्टि भएको अधिकारीको भनाइछ ।

बर्दियाको सदरमुकाम गुलरियामा पार्टी जिल्ला समितिको बैठक बसिरहेको अवस्थामा इन्चार्ज देवकलासहित २२ जनालाई गत वैशाख २१ गते पक्राउ गरेको थियो । चुनाव सकिएकै भोलिपल्ट बिहिबार उक्त २२ जनाको टोली रिहा भएको छ । यस्तै डोटीबाट पक्राउ गरिएका नेकपाका जिल्ला इन्चार्ज विवेक कुमाल हिराशत मुक्त भएलगत्तै आफू पटकपटक हिरासत बस्नु परेको अनुभव सुनाउँदै अहिले आफ्नो पार्टीदेखि सरकार निकै आतंकित भएको बताउनुभयो । यस्तै नेकपा रुकुमका सेक्रेटरी चन्द्रबहादुर बुढाले आफूहरुको राजनैतिक कार्यक्रमदेखि सरकार निकै अत्तालिएको तर खतरनाकदेखि विदेशी चलखेल चल्दा पनि बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै आफूहरुलाई लामो समय प्रहरी हिरासतमा बस्दा प्रहरी संगठनभित्र देशभक्ति भावना छ भन्ने अनुभूत भएको बताउनु भयो । वुढाले प्रहरीको गिरफ्तारीले आफ्ना साथीहरुलाई झन् जुझारु, स्पातिलो र उर्जाशिल बनाएको बताउनु भयो । 

हिरासतबाट मुुक्त भएका धेरैजसो नेकपाका नेता कार्यकर्ताहरुले यो देशमा भइरहेको बेथिति अन्त गर्नको लागि नेकपाले अघि बढाएको आन्दोलनप्रति प्रहरी संगठनको पनि समर्थन र सद्भाव भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :