क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्यानाडाद्वारा प्रकाशित सामग्रीको नेपाली अनुवाद-बहसको लागि प्रस्तुत/अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नयाँ आम–कार्यदिशा : रमेश शर्मा

रमेश शर्मा

अनुवाद: रमेश शर्मा

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको कार्यदिशाको निर्माणमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्यानाडा कुनै एउटा पार्टीको मात्र बुझाइलाई पर्याप्त मान्दैन ।यसको निम्ति विभिन्न राजनीतिक पार्टी एवम् संगठनहरुका कमरेडहरुबीच सैद्धान्तिक बहस आवश्यक छ । यस सन्दर्भमा यो प्रकाशनले हाम्रो आन्दोलनले सम्बोधन गर्नु पर्ने प्रमुख सवालहरुलाई छोटकरीमा प्रस्तुत गर्दैैहाम्रो आफ्नो दृष्टिकोणलाई संक्षेपमा प्रस्तुत गर्दछ
»»अन्तर्राष्टिय कम्युनिस्ट आन्दोलनको कार्यदिशा निर्माणको उद्देश्य के हुनु पर्दछ ?
कार्यदिशाले राजनीतिक सिद्धान्तलाई प्रस्ट पार्न सक्नु पर्दछ, जसको आधारमा क्रान्तिकारी शक्तिहरुबीच एकता कायम होस् । यसले विश्वभरिका पार्टी र संगठनहरुलाई क्रान्तिको मार्ग र क्रान्तिकारी संघर्षको विश्लेषण गरेर स्पष्ट राजनैतिक दिशानिर्देश गर्नु पर्दछ, जसलाई आ–आफ्नो देशको खास अवस्था र अन्तरविरोधहरुको आधारमा सृजनात्मक ढङ्गले लागू गर्न सकियोस् ।

हाम्रो विचारमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको कार्यदिशा तय गर्ने आधारभूत सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हुनु पर्दछ । हाम्रो यो प्रयासलाई “अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको कार्यदिशा सम्बधी प्रस्ताव” १९६३, रिम घोषणापत्र १९८४, र १९९३ को “माक्र्सवाद–लेनिनवाद–माओवाद— अमर रहोस” भन्ने रिमको दस्तावेजले सघाउ पु¥याउने छ । यद्दपि ती दस्तावेजहरु आफैंमा अपुरा छन्, त्यसैलेअन्तर्राष्टिय कम्युनिस्ट आन्दोलनमा नयाँ कार्यदिशाको विकास गर्न जरुरी छ । किनकि यसबीचमा विश्वको परिस्थिति र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा, खासगरी पेरु, नेपाल, टर्की, फिलिपिन्स र भारतमा जनयुद्धका अनुभवहरुबाट धेरै राजनैतिक परिवर्तनहरु देखिएका छन् ।

राष्ट्रिय स्वाधीनताको युग प्रायः जसो सकिए पनि नव–उपनिवेशवाद र अद्र्ध–उपनिवेशवाद जारी रहनाले विश्वका अधिकाँश देशहरुमा नयाँ जनवादी क्रान्तिमा जोड दिनु आवश्यक छ ।आज विश्वमा क्रान्तिका प्रमुख दुई प्रवृत्तिहरु छन्ःनव–औपनिवेशिक र अर्ध–औपनिवेशिक देशहरुमा नयाँ जनवादी क्रान्ति र साम्राज्यवादी देशहरुमा समाजवादी क्रान्ति ।यहाँ एउटा कुरा के बुझ्न जरुरी छ भने आत्मगत पक्षलाई बेवास्ता गरेर बस्तुगत परिस्थिति परिपक्व हुँदैमा साम्यवाद “अपरिहार्य” छ भत्र मिल्दैन । त्यहाँ निरन्तर संघर्ष गरिरहनु पर्दछ ।
»»आज विश्वमा भएका आधारभूत अन्तरविरोधहरु के के हुन् ?

विश्वमा आज तीन प्रकारका आधारभूत अन्तरविरोधहरु रहेका छन्ः
१. साम्राज्यवादी मुलुकहरु र उत्पीडित जनताबीचको अन्तरविरोध;
२. पुँजीपतिहरु र सर्वहारावर्गबीचको अन्तरविरोध; र
३. साम्राज्यवादी देशहरुबीचको अन्तरविरोध ।
हाम्रो विचारमा तेश्रो प्रकारको अन्तरविरोध अन्य दुई आधारभूत अन्तरविरोध भन्दा कम महत्वको छ । “अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको कार्यदिशा सम्बधी प्रस्ताव” १९६३ मा समाजवादी र पुँजीवादी खेमाबीचको अन्तरविरोध भनेर चौथो प्रकारको अन्तरविरोधको उल्लेख गरिएको थियो । तर आज विश्वमा समाजवादी देश नभएकाले यो अन्तरविरोध अस्तित्वमा छैन । यसको मतलब भविष्यमा देशहरुमा क्रान्ति सम्पत्र भए पछि पनि यो अन्तरविरोध फेरि आउँदैन भत्रे चाहिं होइन ।
»»विश्वस्तरमा र राष्ट्रिय स्तरमा भएका अन्तरविरोधहरुको आपसी सम्बन्ध के छ ?
विश्वस्तरको प्रमुख अन्तरविरोध साम्राज्यवादी देशहरु र उत्पीडित जनताहरुको बीचमा छ । सबै साम्राज्यवादी देशहरुमा भएका क्रान्तिकारी शक्तिहरुले त्यहाँ पुँजीपति र सर्वहारावर्गबीचको अन्तरविरोध चर्काइ दिएर उत्पीडित देशका जनताहरुलाई सघाउनु पर्दछ । उनीहरुको भूमिका भनेको उत्पीडित देशहरुमा हुने साम्राज्यवाद विरोधी संघर्षलाई हेरेर मजा लिएर बस्नु मात्र होइन ।साम्राज्यवादी देशका क्रान्तिकारीहरुले सबै क्षेत्रका कामहरुमा वर्गसंघर्षलाई तिव्रता प्रदान गर्न नयाँ–नयाँ सर्वहारावादी पहलहरुको विकास गर्नु पर्दछ । उनीहरुले क्रान्तिकारी पराजयवादको नीति अपनाएर आफ्नै देशका शासकहरुलाई पराजित गर्न उसको विरोधमा संघर्ष गरिरहेका सही क्रान्तिकारी र लोकप्रिय शक्तिहरुको समर्थन गर्न पर्दछ ।

PIC_0019

यो बुझ्न जरुरी छ कि विश्वस्तरको प्रमुख अन्तरविरोधले कुनै एउटा देश भित्रको अन्तरविरोधलाई पनि ठूलो असर गर्दछ भने एउटा देश भित्रको प्रमुख अन्तरविरोधले विश्वस्तरको अन्तरविरोधलाई पनि प्रभावित पारिरहेको हुन्छ । यसका साथै एउटा देश भित्रको अन्तरविरोध आफैंमा गतिशील हुन्छ र यसको विकास विश्वस्तरको प्रधान अन्तरविरोधबाट आँसिक रुपमा मात्र प्रभावित हुन्छ भत्रे कुरा पनि बिर्सन हुँदैन ।

हामीलाई लाग्दछ, साम्राज्यवादी र उत्पीडित देशहरु बीचको अन्तरविरोधले आर्थिक र राजनीतिकका साथै वातावरणीय विनाशको स्वरुप पनि लिएको छ । विश्वभरिका क्रान्तिकारीहरुले साम्राज्यवादी देशहरुले अपनाएका औद्योगीकरण र उपभोगको प्रचलनलाई नै पुनः लागू गर्न हुँदैन । उत्पीडित देशमा हुने नयाँ जनवादी क्रान्तिले अर्धसामन्ती व्यवस्था सँग सम्बन्ध विच्छेद गर्ने वेला वातावरणीय संरक्षणलाई मुख्य मुद्दा बनाउनु पर्दछ । त्यस्तै साम्राज्यवादी देशहरुमा पनि समाजवादी क्रान्ति गर्दा साम्राज्यवादी उपभोग र शोषणबाट जर्जर वातावरणीय विनाशको मुद्दालाई गम्भीर रुपमा लिनु पर्दछ । सर्वहारावर्गको राजनैतिक चेतना उकास्ने क्रममा वातावरणीय दृष्टिले धात्र सकिने नयाँ किसिमको राजनैतिक, सामाजिक र आर्थिक संगठनहरुको विकास गर्नु पर्दछ ।
»»विश्वमा आज शक्ति–सन्तुलनको अवस्था कस्तो छ ?
आज विश्वमा संयुक्त राज्य अमेरिका प्रमुख साम्राज्यवादी शक्ति हो । यद्दपि यूरोपियन यूनियन, रुस र चीनजस्ता उदाउँदा साम्राज्यवादी शक्तिहरु र संयुक्त राज्य अमेरिकाबीचको अन्तरविरोध बढ्दो छ । खासगरी रुस र चीनसँग संयुक्त राज्य अमेरिकाको अन्तरविरोध निकट भविष्यमा तीव्र बन्दै जाने देखिन्छ ।पुँजीवाद र साम्राज्यवादमा अन्तरनिहित अन्तरविरोधको कारणले गर्दा साम्राज्यवादीहरु कागजी बाघ हुन्, तर उनीहरुको ठोस राजनैतिक र साँगठनिक शक्तिलाई राष्ट्रिय वा स्थानीय स्तरमा अवमूल्यन गर्न भने मिल्दैन ।हामीले, यद्दपि, तेश्रो विश्वयुद्धको सम्भावनालाई नकार्न हुँदैन, तर बर्तमान अवस्थाको विशेषता भनेको साम्राज्यवादी युद्ध नै हो ।

आत्मपरक रुपमा हेर्दा क्रान्तिको निम्ति शक्ति–सन्तुलनको अवस्था प्रतिकूल छ, जबकि बस्तुगत अवस्था अत्यन्त अनुकूल छ । संसारमा आजको मूल प्रवृत्ति नै क्रान्ति हो भनेर ठोकुवा गर्न सकिदैन, किनकि क्रान्तिकारी शक्तिहरु विश्वस्तरमा नै राजनैतिक, वैचारिक र साँगठनिक रुपमा कमजोर छन् । संसारमा आज ठूला–ठूला जन–आन्दोलनहरु भइरहेका छन् । जसको नेतृत्व, प्रायजसो, सच्चा क्रान्तिकारीहरुले नगरी न्यून–पुँजीवादी एवम् पुँजीवादी तत्वहरुले गरिरहेका छन् । खासगरी भाकपा(माओवादी)को र फिलिपिन्स कम्युनिस्ट पार्टीको नेतृत्वमा भइरहेका जन–आन्दोलनहरु विश्वका क्रान्तिकारीहरुको निम्ति आज अत्यन्त प्रेरणादायी कुरा हुन् ।मेहनतकस वर्ग र खेतीहर मजदूर–किसान वर्गमा क्रान्तिको निम्ति उत्कट अभिलाषा देखिन्छ । तर कमजोर आत्मगत अवस्थाले गर्दा त्यो आकाँक्षा पूरा हुन सकेको छैन ।
»»आज विश्वमा क्रान्तिको निम्ति प्रमुख शक्तिहरु कुन कुन हुन् ?
विश्वस्तरको अन्तरविरोध अफ्रिका, एशिया र ल्याटिन अमेरिकामा तिव्रतम छ । तसर्थ विश्वको अधिकाँश ठाउँहरु क्रान्तिका तुफानी केन्द्र हुने सम्भावना देखिन्छ ।१९७६ पछि क्रान्तिकारी संघर्षको उच्चस्तरीय अनुभव पेरु, नेपाल, फिलिपिन्स र भारतमा पाइन्छ । जबकि विगतका दशकमा पेरु र नेपालमा भएको जनयुद्धले ठूलो धक्का खाएको छ ।अफ्रिका, एशिया र ल्याटिन अमेरिकाका जनता नै आज क्रान्तिका मुख्य शक्ति हुन् । क्रान्तिको नेतृत्वदायी शक्ति भनेको आ–आफ्नो क्रान्तिकारी पार्टीको नेतृत्वमा विश्वव्यापी रुपमा रहेका सर्वहारावर्ग हुन् । विश्वक्रान्तिको नेतृत्वदायी शक्तिहरु मध्ये दीर्घकालीन जनयुद्धमा सहभागी भएका एवम् त्यस दिशामा अघि बढ्दै गरेका राजनैतिक पार्टीहरु नै त्यसका अग्रदस्ता हुन् ।

»»यो शक्ति–सन्तुलनले क्रान्तिकारी शक्ति माथि कस्तो असर पार्दछ ?
विद्यमान शक्ति–सन्तुलनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा वैचारिक र राजनैतिक भ्रम सृजना गरेको छ । तसर्थ सिद्धान्तनिष्ठ वैचारिक एकता हासिल गर्नको निम्ति क्रान्तिकारीहरुले अध्ययनमा र वैचारिक कार्यदिशाबारेको बहसमा सहभागी हुनु अनिवार्य रुपमा आवश्यक भएको छ । त्यसैले गर्दा हामीलाई लाग्दछ, क्रन्तिकारीहरुले निम्नानुसारका गलत दृश्टिकोणहरु परित्याग गर्नु पर्दछः

१. पुँजीपति र सर्वहारावर्ग अथवा साम्राज्यवादका विरुद्ध उत्पीडित जनताबीच रहेको अन्तरविरोधको हल सशस्त्र क्रान्ति बाहेक अन्य तरिकाबाट गर्न सकिन्छ भत्रे गलत दृश्टिकोण । सशस्त्र संघर्षको स्वरुप भने दीर्घकालीन जनयुद्ध हुन्छ, यद्दपि यसको विशेषता राष्ट्रिय परिस्थिति अनुसार हुनेछ । नयाँ राजनैतिक सत्ता निर्माण गर्नको निम्ति पुरानो सत्ता ध्वस्त पार्नु जरुरी हुन्छ । सर्वहारावादी क्रान्तिकारीहरुले पुँजीवादी प्रजातन्त्रको आधारस्तम्भ, संसदवाद र पुँजीवादी निर्वाचनको परित्याग गर्नै पर्दछ ।

 २.  पुँजीवादमा अन्तरनिहित अन्तरविरोधहरु तीव्रगतिले निरन्तररुपमा बढ्दै जाँदा त्यो समस्याको समाधान आर्थिक संकटमा आधारित क्रान्तिले मात्र गर्न सक्दछ भत्रे गलत दृश्टिकोण । जबकि नयाँ जनवादी क्रान्ति एवम् समाजवादी क्रान्तिबाट मात्र ती अन्तरविरोधहरुको हल सम्भव छ ।

३.क्रान्तिकारीहरुले अमेरिकी साम्राज्यवादको विरोधमा संघर्ष गर्दा अन्य साम्राज्यवादी शक्तिहरु र प्रतिक्रियावादी शासन व्यवस्थालाई रणनीतिक रुपमा नै समर्थन गर्ने गलत दृश्टिकोण । यहाँ विचारणीय कुरा के छ भने यसको मतलव कार्यनीतिक रुपमा पनि कसैलाई समर्थन गर्न सकिदैन वा समर्थन गर्नु हुँदैन भत्रे होइन । तर उक्त समर्थन सर्वहारा क्रान्तिको उद्देश्य अनुरुप हुनु पर्दछ ।

 ४.  साम्राज्यवादी देशहरुमा माओवादी पार्टी र संगठनहरुले क्रान्तिको परम्परागत दृश्टिकोण, “सशस्त्र विद्रोह”को रणनीतिलाई परित्याग गरेर आफ्नो देशको ठोस परिस्थिति अनुसार दीर्घकालीन जनयुद्धको रणनीति लागू गर्न प्रयत्नशील रहनु पर्दछ ।

  ५. शक्तिसंचयको क्रममा वैधानिक बाटो अपनाउनु सम्भव एवम् आवश्यक पनि हुन सक्दछ । तर क्रान्तिकारीहरुले ठोसरुपमा र रणनीतिकरुपमा भने सशस्त्र संघर्ष र जनयुद्धको तयारीमा लाग्नु पर्दछ ।
»»अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले सामना गरिरहेका ठोस समस्याहरु के के हुन् ?
प्रमुख समस्याहरुः
१.अधिकाँश देशहरुमा माओवादी पार्टी नहुनु ।
२. बर्तमान सन्दर्भमा वर्गसंघर्षका नयाँ चुनौतीहरुको सामना गर्ने विषयमा पर्याप्त मात्रामा चिन्तन–मनन नहुनु । राजनीतिक पार्टी र संगठनहरुले मालेमालाई कागतमा मात्र सीमित नराखी व्यवहारमा पनि लागू गर्ने र विकास गर्ने गर्नु पर्दछ ।
३. “कम्प्युटर–माओवादी” धेरै भए, तर धरातलीय यथार्थमा पार्टी, सेना, जन–आन्दोलन र जनयुद्धका क्रान्तिकारी विभागहरु निर्माण गर्ने पर्याप्त कार्यकर्ता भएनन् ।
»»रुस र चीनमा भएका संशोधनवादहरु र पेरु, नेपाल आदि देशमा खाएको धक्काको सन्दर्भमा उठेका सवालहरु के के छन् ?
रुस र चीनमा संशोधनवादको विजय एवम् पेरु र नेपालमा दीर्घकालीन जनयुद्धले खाएको धक्काको आ–आफ्नै प्रकारका विशेषताहरु छन् । तर सत्य के हो भने, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले सामना गर्नु परेको प्रमुख खतरा भनेको नै दक्षिणपन्थी अवसरवाद र सामाजिक प्रजातन्त्र सम्बन्धी अवधारणा हो ।कुटनीतिक स्तरमा क्रान्तिकारी राज्यसत्ता एवम् भ्रूणरुपी राज्यसत्ताबीच, एउटा पार्टी र अर्को पार्टीबीच तथा साम्राज्यवाद विरोधी क्रान्तिकारी मोर्चा निर्माणबीचको सम्बन्धको विषयमा स्पष्ट हुनु जरुरी छ । यी तीन फरक–फरक प्रकारका जिम्मेवारीहरु एवम् क्रियाकलापहरु सत्ता प्राप्तिको नजिक पुग्न लागेका प्रत्येक क्रान्तिकारी आन्दोलनले बहन गर्नु अनिवार्य छ । साम्राज्यवादीहरु र पुँजीपतिहरु सँग सधैं “निष्किृय सहअस्तित्व” कायम राखिरहने कुरा हुन सक्दैन ।

समाजवादको स्थापनालाई हामीले फरक उत्पादन प्रणालीको रुपमा मात्र नहेरी पुँजीवादी र साम्यवादी व्यवस्थाबीचको संक्रमणकालको रुपमा लिनु पर्दछ, जहाँ वर्गहरुबीचको संघर्ष दुश्मनीपूर्ण रहन्छ । संक्रमणको यो समग्र अवधिमा सर्वहारा अधिनायकत्व लागू गर्ने क्रान्तिकारीहरुले पुँजीवादी सम्बन्धको विरोधमा लड्दै साम्यवादको स्थापनाको तयारीमा लाग्नु पर्दछ र राज्यसंयन्त्र विलोप गर्ने जिम्मेवारी लिनु पर्दछ ।साम्राज्यवादी देशहरुमा पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्थाको बीचमा कुनै अन्तरिम व्यवस्था हुँदैन । साम्राज्यवादी उत्पीडनमा परेका देशहरुमा नेपालमा प्रचण्ड–भट्टराईले लिएको संशोधनवादी कार्यदिशाको विपरित नयाँ जनवादी क्रान्ति भन्दा पहिले कुनै पनि अन्तरिम अथवा क्रान्तिको तयारीको लागि भनेर अर्को पुँजीवादी व्यवस्था हुँदैन ।

समाजवादी व्यवस्था निर्माणका समस्याहरुको सम्बन्ध मूलरुपमा एकदलीय वा बहुदलीय शासन व्यवस्थासँग मात्र छैन । सर्वोपरि कुरा त आम जनतालाई संगठित गर्ने, पुँजीवादीहरुको विरोधमा वर्गसंघर्ष उठाउने, पुराना सामाजिक सम्बन्धहरुलाई तोड्ने र पुराना विचारहरुसँग सम्बन्ध विच्छेद गर्ने कुराहरु महत्वपूर्ण छन् । यसरी पार्टीले आम जनतालाई सही बाटो देखाउने क्रममा आफ्नो वैचारिक एवम् राजनैतिक नेतृत्वलाई प्रयोगमा ल्याउनु पर्दछ, औपचारिक रुपमा घोषणा गरेर वा नेतृत्व दिनको निम्ति संस्था बनाएर मात्र ती कामहरु हुँदैनन् ।
»»संसारमा अब क्रान्तिकारीहरुले गर्नु पर्ने ठोस कार्यभार के के हुन् ?
हाम्रो पार्टी क्रान्तिकारीहरुले बहन गर्नु पर्ने जिम्मेवारीहरुलाई विनम्रतापूर्वक निम्नानुसार प्रस्तुत गर्दछः
१. क्रान्तिका तीन प्रमुख हतियारहरु— क्रान्तिकारी पार्टी, क्रान्तिकारी सेना र क्रान्तिकारी वर्गहरुबीचको संयुक्त मोर्चा निर्माण गर्नु ।
२. जन चेतनालाई रुपान्तरित गर्ने र क्रान्ति सम्पत्र गर्नको निम्ति जनतामा प्रतिरोधी भावना जगाउन नेतृत्व प्रदान गर्नु ।
३. माओवादी पार्टी र संगठनहरुको एउटा संयुक्त–केन्द्र निर्माण गर्ने परिस्थितिको सृजना गर्नु । यसको निम्ति प्रत्येक पक्षको स्वायत्तता र स्वतन्त्रताको सम्मान गर्दै एकता–संघर्ष–एकताको प्रक्रियाद्वारा वैचारिक संघर्षका साथै आपसी समर्थन र ऐक्यवद्धता आवश्यक हुन्छ ।
४. क्रान्तिकारी नेतृत्वको अग्रता भएको साम्राज्यवाद विरोधी मोर्चा निर्माण गर्नु ।
५. राजबन्दीहरुलाई थुनेको विरोधमा र अपरेसन ग्रीनहण्ट (भारतमा भइरहेको दमन) तथा ओप्लान बेयानिहान(फिलिपिनी दमन)को विरोधमा संयुक्त आम जन–अभियान चलाउनु।
६. वैचारिक जर्नल प्रकाशन गर्नु, जसमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले सामना गर्नु परिरहेका मुद्दाहरुलाई लिएर विभित्र पार्टीहरु वाद–विवाद र सम्वादमा संलग्न हुन सक्दछन् र संयुक्त क्रियाकलापहरुका प्रतिवेदन प्रस्तुत गर्न सक्दछन् । यसले गर्दा आन्दोलनले चाहेको एक खालको एकताको परिस्थिति सृजना गरी एउटा नयाँ अन्तर्राष्ट्रिय केन्द्रको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।

श्रोतः Arsenal/winter 2017, Revolutionary Communist Party, Canada, pp. 201-207

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :