नेकपाका केन्द्रीय सदस्य श्रेष्ठ रिहा

बुटवल : नेपाल कम्युुुनिष्ट पार्टीका केन्द्रीय सदस्य बसन्त श्रेष्ठ ‘प्रज्वलन’ रिहा भएका छन् । उच्च अदालत तुल्सीपुर दाङको बुटवल इजलासको आदेशमा श्रेष्ठ रिहा भएका हुन् । फागुन २० गते रुपन्देही जिल्ला अदालतले बम विष्फोटको मुद्दामा सफाई दिएपनि भैरहवा कारागारबाटै प्रहरीले गिरफ्तार गरेर श्रेष्ठलाई नवलपरासी लिएको थियो ।

केन्द्रीय सदस्य श्रेष्ठलाई गत चैत ९ गते सो पार्टीका स्थायी समिति सदस्य सुर्दशन सँगै काभ्रेबाट प्रहरीले गिरफ्तार गरेको थियो । यस अघि अदालतले श्रेष्ठलाई पटक पटक रिहाईको आदेश गरेपनि प्रहरीले  गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :