युवा सङ्गठन नेपाल कैलालीको अध्यक्षमा दीपक


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल कैलालीको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

फागुन २५ गते सम्पन्न जिल्ला सम्मेलनले दीपकको अध्यक्षतामा १७ जना सदस्य रहेको जिल्ला समिति गठन गररेको समाचारमा जनाइएको छ । सङ्गठनका उपाध्यक्षमा ओम भट्ट रहेका छन् ।

सम्मेलनका प्रमुख अतिथि युवा सङ्गठन नेपालका सेती–महाकाली ब्युरो संयोजक कमल भट्ट, विशिष्ट अतिथि पार्टीका जिल्ला इन्चार्ज प्रशान्त र अतिथि पार्टीका सेक्रेटरी करण थिए । सम्मेलनमा तीन सय युवाको उपस्थिति रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :