मकवानपुरमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य

काठमाडौँ : ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मकवानपुर जिल्लाको आयोजनामा सयौँ महिलाहरूको सहभागितामा भव्य रूपमा सम्पन्न भएको खबर प्राप्त भएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मकवानपुरकी अध्यक्ष ज्योतिले गरेकी थिइन् । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका वाटर रहेको समाचारमा जनाइएको छ ।

कार्यक्रमका वक्ताहरूले महिलामाथिको शोषण, दमन र विभेदको अन्त्यका लागि शोषणमूलक राज्यव्यवस्थामै आमूल परिवर्तन आउनुपर्ने र दलाल पुँजीवादी व्यवस्थाको अन्त्य भएर वैज्ञानिक समाजवाद स्थापना हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :