नेकपाले दियो दमनकारी वली सरकारलाई तह लगाउने चेतावनी

बारा जिल्ला इन्चार्ज नयनलाई बिनासर्त रिहा गर्न माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले प्रेस विज्ञप्ति जारी गरी पार्टीका नारायणी ब्युरो सदस्य एवम् बारा जिल्ला इन्चार्ज नयनलाई केपी वली सरकारले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । ब्युरो इन्चार्ज शितलले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा सरकारले निर्दोष नागरिकलाई गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने क्रम जारी राखे जनप्रतिरोध हुने चेतावनी पनि दिएका छन् ।

शितलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो नेपाल कम्युनिस्ट पार्टीका नारायणी ब्युरो सदस्य तथा बारा जिल्ला इन्चार्ज कमरेड नयनलाई आज मिति २०७६ फागुन २५ गते दिउँसो १ बजे बारा जिल्लाको जितपुरमा रहेको जमोदिन मियाँको घरमा बसिरहेको बेला पुलिसले कुनै कारणबिना गिरफ्तार गरेको छ । यसरी निर्दोष नागरिकलाई गिरफ्तार गर्नु, थुनामा राख्नु, झूट्टा मुद्दा लगाउनु सरकारको निन्दनीय कार्य हो । यस्तो कार्यप्रति घोर भत्र्सना गर्दछौँ ।’

ब्युरो इन्चार्ज शितलको विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक दलाल पुँजीवादी सरकार आज निर्दोष नागरिकलाई गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने, थुनामा राख्ने, यातना दिने, जेल हाल्ने मात्र होइन, गोली हानी हत्या गर्ने गैरकानुनी कार्यसमेत गरिरहेको छ भने अर्कोतिर दलाली, भ्रष्टाचारी, तस्कर र राष्ट्रघाती कित्तामा आफ्नै नाम दर्ता गरेको छ । यसखालको दोषपूर्ण सरकारले निर्दोष नागरिकमाथि गर्ने दमन र अन्याय जनताको तागतले तह लगाउनेछ । गिरफ्तार गरिएका कमरेड नयनलाई बिनासर्त रिहाइको माग गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :