अखिल (क्रान्तिकारी) ले मनायो सहिद सप्ताह


काठमाडौँ : अखिल (क्रान्तिकारी) मध्य केन्द्रीय कमान्डले सहिद सप्ताह फागुन (१४–२१) मनाएको छ । अखिल (क्रान्तिकारी) मध्य केन्द्रीय कमान्डले दिएको जानकारीअनुसार सहिद सप्ताहका अवसरमा महान् सहिदहरूको सम्मान र सम्झनामा श्रद्धाञ्जलीसभा सम्पन्न गरिएको छ ।

समाचारमा जनाइएअनुसार अध्यक्षता रुद्र भट्टराईले र स्वागत मन्तव्य लोकेन्द्र सार्कीले गरेको उक्त कार्यक्रममा मिलन राई, ललित विक र उषाकिरण आजादले बोलेका थिए । कार्यक्रममा सहिद प्रज्वलका भाइहरू र बहिनीहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :