मर्कनटायल कार्यालयमा बम विस्फोट, नेकपाले गर्यो ८४ बिघा जग्गा कब्जा

काठमाडौँ : चितवन खैरहनी नगरपालिकास्थित सामन्त राजीवराज राजभण्डारीका नाममा रहेको मर्कन्टायलको ८४ बिघा जग्गामा रहेको मर्कनटायलको कार्यालयमा शुक्रबार राति बम विस्फोट भएको छ । नेपाल कम्युनिस्ट पार्टीले उक्त कार्यालय र जग्गा कब्जा गरेको नेकपाद्वारा प्रकाशित पर्चामा जनाइएको छ ।

पर्चामा जनाइएअनुसार उक्त ८४ बिघा जग्गा जनयुद्धकालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कब्जामा थियो । काठमाडौँ निवासी सामन्त राजीवराज राजभण्डारीले सीधासाधा जनतालाई भ्रममा पारी सस्तो मूल्यमा जग्गा लिएर स्थानीय किसानहरुलाई सुकुमबासी बनाएका छन् । उनले त्यहाँ काम गर्ने किसान र श्रमिकलाई न्यून पारिश्रमिक दिएर श्रमको शोषण गर्दै आएका छन् ।

उक्त जग्गा नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको कार्यालयमा भेटिएको नेकपाको पर्चामा उल्लेख गरिएको छ । अबदेखि उक्त जग्गा उपभोग नगर्न सामन्त राजीवराज राजभण्डारीलाई चेतावनीसमेत दिइएको छ ।

मर्कनटायलको जगा कब्जा गरी कारबाही गर्नुको कारणबारे नेकपाको पर्चामा यसप्रकार उल्लेख गरिएको छ :

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :