सरकार आफ्नो असफलतालाई ढाकछोप गर्न जनदमनमा उत्रियो : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले बर्तमान सरकार आफ्नो असफलतालाई ढाकछोप गर्न जनदमनमा उत्रीएको  बताएको छ ।  प्रहरी प्रशासनले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई आतंकित पार्ने काम गरेको भन्दै उक्त कार्य बन्द गर्न  चेतावनी   नेकपाले दिएको छ । शुक्रबार जिल्ला इन्चार्ज प्रविन र सेक्रेटरी बिजिले प्रेस विज्ञप्ति जारी गर्दै देश र जनताका पक्षमा अहोरात्र खटिरहेका नेताकार्यकर्ता र जनतालाई प्रशासनले राजनीतिक आस्थाकै आधारमा दमन र झुटा मुद्धा लगाउने गरेको भन्दै आफ्नो पार्टीले त्यस्ता झुटा मुद्धा स्वतः खारेज गर्ने बताएका छन् । विज्ञप्तिमा नेकपाका जिल्ला जनपरिषद प्रमुख मिन बहादुर आलेको घरमा संगठीत अपराधको मुद्धाको म्याद टाँस गरेकोमा आपत्ती जनाउदै सेतो आतंकका विरुद्ध प्रतिरोधपुर्ण संघर्षमा अघि बढने कुरा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :