अदालतको आदेशमा नेकपाका नेताहरू रिहा

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन रुकुम सेक्रेटरी चन्द्रबहादुर बुढा र दलबहादुर खत्री रिहा भएका छन् । असोज २९ गते दाङबाट नेकपाका नेता चन्द्रबहादुर चन्द ‘विरजंङ’ सँगै गिरफ्तार परेका बुढा र खत्री सर्वाेच्च अदालतको आदेशमा रिहा भएका हुन् । सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटनिवेदनमाथि शुक्रबार भएको बहस पछि न्यायाधिसद्वय इश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले उनीहरुलाई रिहा गर्ने आदेश गरेको हो । बन्दीहरुको तर्फबाट अधिबक्ता कपिलचन्द्र पोख्रेल, सन्तोष कोइराला र चिरन्जीवी ढकालले बहस गरेका थिए ।यस्तै सर्वाेच्च अदालतकै आदेशमा नेकपा रोल्पाका नेताहरु हितप्रसाद रोका ‘विप्लव’ र अमित घर्ती मगर पनि रिहा भएका छन् ।

नेकपाका तत्कालीन रुकुम सेक्रेटरी चन्द्रबहादुर बुढा
राेल्पाली नेता विप्लव र अमित

नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन  सुनसरी इन्चार्ज लक्ष्मण पौडेल रिहा भएका छन् । असोज ६ गते सुनसरीको ईटहीबाट गिरफ्तार परेका उनी बिहिबार सिराहबाट रिहा भएका हुन् । विभिन्न जिल्लाको हिरासत तथा जेल बसाईका क्रममा पौडेल गम्भिर बिरामी समेत परेका थिए ।

नेकपाका तत्कालीन  सुनसरी इन्चार्ज लक्ष्मण पौडेल

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :