दोसल्ला ओढाएर सहिद परिवारको सम्मान


कालीकोट : नेकपा निकट युवा सङ्गठन नेपाल कालीकोटले कालीकोटको सान्नित्रिवेणी गाउँपालिकाका सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेकोे छ ।

सम्मान कार्यक्रममा उपस्थित सहिद परिवारले केपी वली सरकारले हाम्रा सहिदहरूको अपमान गरेको र सहिद परिवारलाई कुनै सरोकार नराखेको भन्दै आक्रोश व्यक्त गरे । उनीहरूले जनयुद्धका गद्दार नेता प्रचण्ड, बाबुरामलगायतको पलायनवादी प्रवृत्ति र संशोधनवादी हर्कत सिध्याउन आफ्नो साथ रहने धारणा राख्दै विप्लवलाई क्रन्तिबाटै वैज्ञानिक समाजवाद ल्याउन आग्रह पनि गरे ।

उक्त कार्यक्रम युवा सङ्गठन नेपाल कालीकोटका अध्यक्ष आत्मा क्षेत्रीले सहिदहरूका सपना र जनताको आशाको सम्मान गर्दै राष्ट्रियताको रक्षा र दलालहरूको अन्त्य गरी युवाहरूलाई नेपालमै रोजगारको व्यवस्था नहुन्जेलसम्म र एकीकृत जजक्रान्तिको कार्यदिशाबाट वैज्ञानिक समाजवाद स्थापना नहुँदासम्म सिङ्गो क्रान्तिकारी युवा शक्ति लागिरहने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :