अखिल (क्रान्तिकारी) को एकाइ सम्मेलन


बुटवल : अखिल (क्रान्तिकारी) कालिका मानवज्ञान माविको एकाइ सम्मेलन बुधबार भव्यतापूर्वक सम्पन्न भएको छ । सम्मेलनले अनमोल न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको छ । न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय मूल एकाइ समिति निर्वाचित भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरो संयोजक विश्लेषण, अतिथिहरू अखिल (क्रान्तिकारी) रुपन्देही अध्यक्ष गोपाल रोका, अखिल (क्रान्तिकारी) बुटवल उपमहानगर उपाध्यक्ष पवन ज्ञवाली, बुटवल बहुमुखी क्याम्पस समितिको अध्यक्ष देव भट्टराईलगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि विश्लेषणले शिक्षा क्षेत्रलाई दलाल संसदीय व्यवस्थाका मतियारहरूले तहसनहस बनाएको भन्दै शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन विद्यार्थीहरू नै अग्रमोर्चामा लामबद्ध भएर सङ्घर्ष गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :