सहिद सप्ताहकाे अवसरमा सहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन


काठमाडौँ : सहिद सप्ताहकाे अवसरमा नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्लाले बुधबार सहिद तथा बेपत्ता परिवारहरूलाई दोसल्ला र प्रमाणपत्रले अभिनन्दन गरेको छ ।

कार्यक्रमका अध्यक्ष तथा काठमाडौं सेक्रेटरी पवनले, प्रचण्ड बाबुरामहरुले चौबाटोमा अलपत्र छोडेर गएको अधुरो क्रान्ति र सहिदको सपना जुनसुकै मूल्य चुकाएर भएपनि पूरा गरिछाड्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हर्क विकले पनि मन्तब्य राखेका थिए भने सञ्चालन अबिरलले गरेका थिए ।

सहिद तथा वेपत्ता परिवारलाई अबिर र खादा लगाई स्वागत र सम्मानपत्र पनि वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :