सहिद सप्ताहमा सहिद परिवारहरूसँग भेटघाट


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले स्याङ्जा जिल्लामा सहिद सप्ताहका सन्दर्भमा सहिद परिवारहरूसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला इन्चार्ज जेबी भण्डारी ‘आक्रोश’ र किसान सङ्गठनका ब्युरो संयोजक सागर अर्याल ‘विपीन’ ले बायाखोलाको भुसालथोकमा सामूहिक रूपमा भेटघाट गरेका छन् ।

स्याङ्जाको भालु पहाडमा स्याङ्जाबाट महान् जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने सहिद तथा बेपत्ता योद्धाको फोटो, सहिद पार्कको होर्डिङ बोर्ड र वालपेन्टिङसमेत गरेका छन् ।

साथै जिल्लाका सम्पूर्ण सहिद परिवारहरूले भेटघाटका क्रममा सहिदको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई खुट्टा नकमाउन र नआत्तिई अघि बढ्न सुझाव दिएका छन् ।

उनीहरुले यो सरकार नाङ्गोभुतुङ्गो भएकाले अब देशको नेतृत्व विप्लवबाहेक अरू कसैले पनि गर्न नसक्ने ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :