दिल्लीमा प्रायोजित हिंसा

काठमाडौँ : संशोधित नागरिकता विधेयक पारित भएदेखि यताका तीन महिना भारतमा लगातार हिंसात्मक घटनाहरू बढिरहेका छन् । राजधानी दिल्लीस्थित साहिनबागमा २ महिनादेखि मुस्लिम समुदायका महिलाहरूले धर्ना दिँदै आएका थिए । त्यसको कारण दिल्लीको यातायात व्यवस्था प्रभावित थियो । बुर्का लगाएका हजाराैँ महिलाको प्रदर्शनले भारतको अन्तर्राष्ट्रिय छविसमेत नकारात्मक बन्दै गएको थियो ।

बङ्गलादेश, पाकिस्तन र अफगानिस्तानका आप्रवासीलाई नागरिकता दिने तर हिन्दु सम्प्रदायबाहेक अन्यलाई नदिने तथा भारतमै रहेका मुस्लिम समुदायप्रति कडाइ गर्ने भएपछि चौतर्फी आक्रोश पैदा भयो । हिन्दु आप्रवासीहरूलाई नागरिकता प्रदान गरेर भारतीय हिन्दुहरूको मत प्रभावित गर्ने भाजपाको रणनीति प्रत्युत्पादक बन्न गयो ।

भारतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका अवसरमा ट्रम्प–मोदी रणनीति साझेदारी आफ्नाविरुद्ध समेत हुनसक्ने आशङ्काको कारण अघिल्लो आइतबारदेखि उत्तरपूर्वी दिल्लीमा संशोधन नागरिकता ऐनका विरुद्ध प्रदर्शन चर्कियो । भाजपाका दिल्ली प्रमुख कपिल मिश्रले फागुन १२ गते विज्ञप्ति जारी गर्दै जाफराबाद, खजुरीखास, भाजनपुरा, मौजपुर, चादबागलगायत स्थानबाट प्रदर्शनकारीलाई प्रहरीले तीन दिनभित्र हटाउनुपर्ने अन्यथा भाजपाले सडक खाली गराउने धम्की दिए । त्यसलगत्तै मङ्गलबार प्रदर्शनले उग्र रूप धारण गर्यो । निहत्था प्रदर्शनकारीमाथि हिंसात्मक आक्रमण भयो । प्रहरीले छानीछानी प्रदर्शनकारीमाथि गोली चलाएको विपक्षीहरूको आरोप छ । मृतकमध्ये अधिकांशको शरीरमा गोली लागेका कारण भाजपा र प्रहरीले योजनाबद्ध रूपमा हिंसा थोपरेको पुष्टि हुन्छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार आयोगले सत्ता संरक्षित हिंसा भएको प्रस्ट पारेको छ ।

घाइते ओसार्ने आकस्मिक बाहनसमेत भाजपा कार्यकर्ताले चलाउन रोक लगाए । भाजपाका सांसद गौतम गम्भीरले कपिल मिश्रको नाम नलिई भड्काउपूर्ण अभिव्यक्ति दिनेहरू जुनसुकै पार्टीको भए पनि कारबाही गर्नुपर्ने माग गरे । तर केन्द्र सरकारले सुनेन । बरु पीडितप्रति सहानुभूति राखेका दिल्ली उच्च अदालतका न्यायाधीश एस मुरलीधरको हतारहतार सरुवा गरियो । शनिबारसम्म मृतकको सङ्ख्या ४ नाघिसकेको र दुईवटा क्षतविक्षत लास सडकको नालीमा तैरिएको अवस्थामा भेटिएका कारण स्थिति भयावह छ । कैयौँ लास गायब पारिएको देखिन्छ । हाल दिल्लीको तनावग्रस्त इलाकामा धारा ४४ लगाइएको छ जस अनुसार ४ जनाभन्दा बढी जमघट हुन नपाउने ब्यवस्था छ ।

अघिल्लो मङ्गलबार अपराह्न मुख्यमन्त्री अरविन्द केजरीवाल र गृहमन्त्री अमिल साहको भेटलगत्तै प्रभावित क्षेत्रमा दङ्गा प्रहरी र अर्धसैन्य बल परिचालन गरिँदै आएको छ । ट्रम्पको भारत भ्रमणसमेत छायामा परेको छ । भारतको अन्तर्र ाष्ट्रिय छवि नराम्ररी धुमिल भएको छ । ३५० जना गम्भीर घाइतेमध्ये कैयौँको अवस्था अत्यन्त नाजुक रहेको बताइएको छ । हिन्दु अतिवादीहरूले पसल, घर, सवारीसाधनमा तोडफोड, आगजनी र लुटपाटसमेत गरेका छन् तर निष्पक्ष छानबिन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :