प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवा शहीदका छोरा

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि काठमाडौँको राष्ट्रिय सभा गृहमा एक युवाले जुत्ता प्रहार गरे । प्रचण्डलाई जुत्ता प्रहार गरिएको घटना आइतबार सामाजिक संजाल तथा न्युज पोर्टलमा निकै भाइरल बनेको छ । प्रहरीका अनुसार प्रचण्डलाई जुत्ता प्रहार गर्ने ब्यक्ति जुम्ला घर भएका रतन तिरुवा हुन् । राजनीतिक विचारधारा एवं आस्थाको हिसावले उनी जँहा भएपनि उनी एउटा जनयुद्धका शहिदको छोरा हुन । उनका बुवा मोहन तिरुवाले १० वर्षे शसस्त्र जनयुद्धमा आफ्नो जीवन बलिदान गरेका थिए ।

आइतबार नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा काठमाडौँको राष्ट्रियसभागृहमा आयोजीत सभामा प्रचण्डमाथि जुत्ता प्रहार गरेपछि प्रहरीले उनलाई तत्काल लछार पछार पार्दै नियन्त्रणमा लिएको छ । प्रहरीसँगको बयानमा तिरुवाले प्रचण्ड आउने कार्यक्रम भनेपछि आफु राष्ट्रियसभागृह गएको र त्यहा प्रचण्डले गरेको भाषण आफुलाई चित्त नबुझेपछि जुत्ता प्रहार गरेको बयान दिएका छन् । प्रचण्डले गरेको बर्गसंघर्षको कुरा आफुलाई मन नपरेको उनको भनाई छ । नेपालगन्जमा अमीन पढेका तिरुवा काठमाडौँमा लोकसेवाको तयारी गरिरहेका थिए । शसस्त्र जनयुद्धको नेतृत्व गरेका प्रचण्ड बाबुरामहरुले क्रान्तिको सपना देखाएर उही पुरानै संसदीय ब्यवस्थामा फसेपछि शहिद तथा वेपत्ता परिवार, घाईते र अपांगहरुमा निकै ठुलो आक्रोस छ भन्ने कुराको उदाहरण हुनसक्छ प्रचण्डमाथिको जुत्ता प्रहारको घटना ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :