अखिल (क्रान्तिकरी)ले डागीलाई गर्‍यो कारबाही

काठमाडौँ : अखिल (क्रान्तिकारी)ले एकजना जिल्ला नेतालाई कारबाही गरेको छ । संगठनको नीति विपरित आर्थिक गतिविधि गरेको भन्दै भक्तपुरका संयोजक मानबहादुर डागीलाई अखिल (क्रान्तिकारी)ले अनिश्चितकालको लागि संगठनको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको जानकारी दिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का उपत्यक क्षेत्रीय समितिका संयोजक हर्कबहादुर बिकले शुक्रबार विज्ञप्ति जारी गरेर सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदै डागीसँग संगठनका कुनैपनि काम कारबाही नगर्न समेत भनेका छन् ।

संगठनको नीति विपरित आर्थिक गतिविधिसँगै डागीको सम्बन्ध रहस्यमय भएको पुष्टी भएको विज्ञप्तिमा उल्लेख छ । “हाम्रो संगठनको भक्तपुर जिल्लामा कार्यरत मानबहादुर डागींले संगठनको नीति विपरित आर्थिक गतिबिधि तथा अनावश्यक एवम् रहस्यात्मक गतिबिधि गरेको पुष्टी भएकोले निजलाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट अनिश्चित कालका लागि निलम्बनको कारवाही गरिएको छ । संगठनको तर्फबाट निजसँग कुनैपनि काम कारवाही नगर्न नगराउन सम्बन्धित सबैमा यो प्रेस विज्ञप्तिमार्फत जानकारी गराईन्छ” विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :