नेपालमा पुँजीवादी सत्ता रहिरहदासम्म महिला मुक्ति सम्भव छैन : निर्माण

कैलाली : अखिल नेपाल महिला संघ क्रान्तिकारी कैलालीको दोश्रो जिल्ला सम्मेलन यहीँ फागुन १५ गते सम्पन्न भएको छ । मोनिकाको अध्यक्षता, सृष्टिको सञ्चालन र मोतिकलाको स्वागत मन्तव्यबाट शुरु भएको सम्मेलनको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली इन्चार्ज कमरेड निर्माण रहेका थिए ।

सम्मेलनको उद्घाटन मन्तव्य राख्ने क्रममा नेता निर्माणले मातृ समाजको विघटन देखि हालसम्मको साम्राज्यवादी पुजीवादी अवस्था सम्म महिलाहरू उत्पीडित, दमित र पीडित हुनुको पछाडि पृतिसतात्मक पुँजीवादी समाज र सत्ता मुल कारण रहेको बताए । जबसम्म संसारभरि र नेपालमा पुँजीवादी सत्ता रहिरहन्छ तबसम्म महिला मुक्ति संभव छैन । महिला र पुरुषको बिचको वास्तविक समानता वैज्ञानिक समाजवाद र कम्युनिस्ट विचारले मात्रै प्रदान गर्ने भएकोले सम्पुर्ण उत्पीडित र श्रमिक महिला समाजवादी क्रान्तिको बाटोमा अघि बढ्नु पर्ने कुरामा जोड दिए । नेपालमा एकीकृत जनक्रान्ति अघि बढेकाले अब महिला मुक्तिको दियो बलेको र त्यसले सबैलाई आशावादी बनाएको छ । दलाल पुँजीवादीहरु एकपछि अर्को असफलताको दलदलमा फस्दै गएको र एकीकृत जनक्रान्ति सफलतापूर्वक अघि बढेकाले अब छिट्टै नेपालमा वैज्ञानिक समाजवाद स्थापना हुदैछ ।

समेलनका अन्य अतिथिहरुमा संघकी केन्द्रीय सदस्य तथा सेम इन्चार्ज पुर्णिमा, केन्द्रीय सदस्यहरु पार्वती सिंह, ममता सुर्खेती, पबित्रा विक, नेकपा कैलालीका इन्चार्ज प्रशान्त, सचिव करण, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य बबरजंङ सिंह, दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष मधुसूदन लगायत जिल्ला पार्टी सल्लाहकार र सचिवालय सदस्यहरु थिए । सबै अतिथि वक्ताहरूले सम्मेलन सफलताको शुभकामना सहित निर्वाचित नयाँ कार्यसमितिलाई बधाई दिएका थिए । सम्मेलनको बन्दसत्रले सृष्टिको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । सम्मेलनको क्रममा लामोसमय दलाल सरकारको जेल र हिरासतबाट रिहाइ भएकाहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :