जनयुद्ध दिवस मनाउदै गर्दा गिरफ्तार परेका मञ्चका ३ जना रिहा

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मन्च रामेछाप–काठमाडौँ संयोजक रुपक श्रेष्ठ, सम्पर्क मन्चका पुर्व काभ्रे सचिव नहकुल चौलागाई र राजेस पाठक रिहा भएका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच हजार धरौटीमा रिहा गरेको हो । फागुन १ गते जनयुद्ध दिवसको दिन उनलाई काठमाडौंको सुन्धाराबाट प्रहरीले उनिहरुलाई गिरफ्तार गरेको थियो । प्रहरीले तिनैजनालाई अभद्र व्यवहारको मुद्दा लगाएको थियो । १५ दिनपछि उनीहरुलाई विहीबार रिहा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :