नेकपा निकट ट्रेड्युनियनका नेताकार्यकर्तालाई हिरासतमा यातना

काठमाडौँ :अखिल नेपाल क्रान्तिकारी ट्रेड्युनियन महासंघले आफ्नो संगठनका नेताकार्यकर्तालाई गिरफ्तार गरी प्रहरी हिरासतमा यातना दिएको भन्दै उक्त कार्य  बन्द गर्न सरकारसग माग गरेको छ ।

क्रान्तिकारी ट्रेड्युनियन महासंघका केन्द्रीय संयोजक लोकबहादुर पल्लीले एक प्रेस विज्ञप्ति जारी गर्दै ट्रेड्युनियन महासंघका ललितपुर जिल्ला अध्यक्ष राजकुमार मगर र महासंघ सम्बद्ध पेशागत घटक संगठन अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघका केन्द्रीय उपाध्यक्ष बिकास थापालाई प्रहरीले गिरफ्तार गरी हिरासतभित्र चरम यातना दिएको उल्लेख गरेका छन् ।  महासंघका संयोजक पल्लीले गिरफ्तार पश्चात बिभिन्न झुट्टामा मुद्धा लगाई प्रहरी हिरासतमा यातना दिइएकाहरुलाई अबिलम्ब रिहा गर्न माग गरेका छन् ।उनीहरुलाई माघ २६ गते प्रहरीले कोठाबाट गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :