सहिदहरुलाई विशेष स्मरण गर्दै सहिद सप्ताह उद्घाटन तथा अभिनन्दन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दाङको आयोजनामा जनयुद्ध तथा एकीकृत जनक्रान्तिका शहिदहरुलाई विशेष स्मरणसहित बुधबार सहिद सप्ताह उद्घाटन तथा अभिनन्दन कार्यक्रम गरिएको छ । जिल्लाका २ ठाउँमा सहिद परिवारहरुलाई टिका लगाएर प्रमाणपत्र नगदसहित सम्मान गरेर सहिद सप्ताह उद्घाटन तथा अभिनन्दन कार्यक्रम गरिएको हो ।

जिल्लाका सम्पूर्ण सहिद परिवारलाई एकै ठाउँमा केन्द्रित गरेर सम्मान कार्यक्रम गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले यस वर्ष जिल्लाको तुलसीपुर र देउखुरीमा औपचारिक कार्यक्रम गरी सहिद सप्ताह उद्घाटन तथा अभिनन्दन कार्यक्रम सुभारम्भ गरेको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरूले सहिदका अधुरा सपना एकीकृत जनक्रान्तिमार्फत पूरा गरी छाड्ने दृढता व्यक्त गरे । अरुले धोका दिए पनि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सहिदहरुलाई र सहिदका परिवारहरुलाई धोका कहिल्यै नदिने बरु सहिदका सपना पूरा गर्न जुनसुकै मूल्य चुकाउन तयार रहेको र यसमा सहिद परिवारहरुले पनि आफ्नो तर्फबाट सहिदका बाटो नछोड्न, निरन्तर सल्लाह सुझाव दिन र नेताहरुलाई बिग्रिन नदिन खबरदारी गर्न आह्वान गरेका थिए ।

तुलसीपुरमा भएको सहिद सप्ताह उद्घाटन तथा अभिनन्दन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला इन्चार्ज रतन लगायतले बोलेका थिए भने सञ्चालन एरिया सेक्रेटरी नविनले गरेका थिए । त्यस्तै देउखुरीमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सेक्रेटरी भगवानराजले सम्बोधन गरेका थिए । उक्त कार्यक्रम निरन्तरको अध्यक्षतामा सञ्चालन युनिकले गरेका थिए ।

सहिद सप्ताहभर फागुन २१ गतेसम्म जिल्लाका सहिद परिवारहरुको घरघरमा भेटघाट गरी अभिनन्दन कार्यक्रम जारी रहने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :