अखिल(क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र सहित ३ रिहा


काठमाडौँ : अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकसहित तीन जना रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशमा उनीहरू बुधबार रिहा भएका हुन् । कोषाध्यक्ष बिकसँगै अर्का केन्द्रीय सदस्य प्रकाश बिक र मदन चपाई पनि रिहा भएका छन् । बिकको तर्फबाट पुरिचन्द्र कामीले फागुन ११ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । यस्तै मदनको तर्फबाट अम्बिका थापाले बन्दीप्रत्यक्षीकरणाको रिट दायर गरेकी थिइन् ।
उक्त रिटमाथि बुधवार भएको सुनुवाईपछि न्यायधिसद्धय पुरुषोत्तम भण्डारी र सुष्मालता माथेमाको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो । रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी , अधिवक्ता कान्तिराम ढुङ्गाना सन्तोष कोईराला, चुडा निरौलाले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :