बलिदान दिवसको अवसरमा कपिलवस्तुमा दिप प्रज्वलन


कपिलवस्तु : नेपाम कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला समिति अन्तरगत शिवगढी गाउँ कमिटीले सहिदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम समपन्न गरेको छ ।

उक्त कार्यक्रममा बिजयनगर गाउँ कमिटी सेक्रेटरी अजय, शिवगढी गाउँ कमिटी सेक्रेटरी पावेल, युवा सङठनका जिल्ला अध्यक्ष बादल र सहिद प्रतिस्ठान कपिलवस्तुका अध्यक्ष भेकबहादुर थापाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शिवगढीका सम्पूर्ण सहिद परिवारहरुको उपस्थिति रहेको थियो । बानियाभार र प्रतापपुरमा भएको कार्यक्रममा सयौं युवा र जनताको सहभागिता थियो । कार्यक्रमलाई शिवगढी गाउँ कमिटी सेक्रेटरी पावेलले सम्बोधन गर्दै सहिदका सपना पूरा गर्न आवश्यक परे सम्पूर्ण युवाहरू सहिद बन्न तयार हुनुपर्ने बताए ।

कार्यक्रमको सञ्चालन बादलले गरेका थिए, भने अध्यक्षता भेकबहादुर थापाले गरेका थिए । कार्यक्रम समापनपछि सहिद परिवारले सहभागी सम्पूर्णलाई मिठाई र फलफुल खुवाएर बिदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :