अखिल नेपाल लेखक सङ्घद्वारा कवि विद्रोहीलाई रिहा गर्न माग


काठमाडौँ : अखिल नेपाल लेखक सङ्घले आफ्ना केन्द्रीय सदस्य कवि बीपी विद्रोहीलाई सरकारले गत बिहीबार राजधानीबाट बिनापुर्जी र बिनाकारण कायरतापूर्ण गिरफ्तार गरेको प्रति आपत्ति जनाएको छ ।

सङ्घका महासचिव खोमा तरामु मगरद्वारा जारी विज्ञप्तिमा श्रमजीवी जनताका पक्षमा कलम चलाउँदै आएका कलमजीवी कवि विद्रोहीलाई गरिएको गिरफ्तारी निन्दनीय, खेदपूर्ण र आपत्तिजनक रहेको बताइएको छ । विज्ञप्तिमा कवि विद्रोहीलाई यथाशीघ्र रिहा गर्न माग गरिएको छ ।

विज्ञप्तिमा समाजवादी यथार्थवादका पक्षधर लेखक तथा संस्कृतिकर्मीहरूलाई निर्बाध सिर्जना क्षेत्रमा क्रियाशील हुने वातावरण सिर्जना गर्न अपिलसमेत गरिएको छ ।
विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ ….

Print
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :