आजबाट देशव्यापी रूपमा सहिद सप्ताह सुरु

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले झापा विद्रोहदेखि १० बर्से जनयुद्धसम्म सहिद भएकाहरूको सम्झना गर्दै बुधबार अर्थात् आजबाट देशव्यापी रूपमा सहिद सप्ताह कार्यक्रम गर्दैछ । नेकपाले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएको छ । 

तत्कालीन पञ्चायती व्यवस्थाले झापाको सुखानी जङ्गलमा गिरफ्तार गरी रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई २०२९ साल फागुन २१ गतेका दिन गोली हानी हत्या गरेको थियो ।

दिलबहादुर रम्तेलको हत्या भएको फागुन १४ र झापा विद्रोहका क्रममा राज्यद्धारा हत्या गरिएको दिन फागुन २१ गतेसम्मको एक सातालाई सहिद सप्ताहका रूपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :