अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल रिहा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल मंगलबार रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच हजार धरौटीमा ढकाललाई रिहा गरेको हो । ढकाल रिहा भएपछि नेपाल वार एसोसिएसनको गाडीमा चढेर बाहिरिएका थिए ।

यसअघि सर्वोच्च अदालतले रिहा गरेलगत्तै अदालत गेटबाटै पुनः पक्राउ परेका ढकाललाई अभद्र व्याबहाको मुद्दा चलाएको थियो ।

संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक भने प्रहरी हिरासतमै रहेका छन् । उनलाई फागुन ५ गते मध्य बानेश्वरबाट गिरफ्तार गरेको थियो । उनलाई अपराध महाशाखा, टेकुमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :