एमसीसी सम्झौता जलाउन लाग्दा प्रहरी हस्तक्षेप


काठमाडौँ : एमसीसी सम्झौताको विरोधस्वरूप सम्झौताको कागज जलाउन खोज्ने क्रममा नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार दिउँसो काठमाडौँको आरआर क्याम्पसअगाडि एमसीसी जलाउने क्रममा विद्यार्थीका अध्यक्ष गजुरेल, केन्द्रीय सदस्य सुलभ वैद्य र पोखरा विश्वविद्यालयका संयोजक एवम् अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जगत शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

एमसीसी सम्झौता, भारतीय पक्षबाट भएको सीमा अतिक्रमण, राष्ट्रिय स्वाधीनतालगायतका पक्षमा काठमाडौँमा निकालिएको शान्तिर्यालीपछि कोणसभा गरेर एमसीसी सम्झौता जलाउने क्रममा प्रहरीले धरपकड गरेर उनीहरूलाई पक्राउ गरेको हो ।

अखिल क्रान्तिकारीले मङ्गलबार शान्तिबाटिका, बागबजार, प्रदर्शनी मार्ग हुँदै आरआर क्याम्पस गेटअगाडि कोणसभा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :