चीन – भारत तनाव बढ्दै

hqdefaultकाठमाडौं/असार १६ : भारतीय प्रम मोदी अमेरिका भ्रमणमा निस्किएको बेला भारतीय सेना चीनको तिब्बत क्षेत्रमा प्रवेश गरेर उपद्रव गरेको छ । तिब्बत–सिक्किम सिमानामा पर्ने नाथुला भञ्ज्याङमा भारतीय सेना पसेर उग्रद्रव गरेको चीनको आरोप छ । चिनियाँ अधिकारिहरुले भारतीय सेनाले सिमामा चिनियाँ सेनाको नियमित काममासमेत बाधा पु¥याएकाले त्यसप्रकारका उत्तेजनात्मक हर्कत बन्द गर्न भनेको छ ।

चीनले भारतलाई नाथुला भञ्ज्याङबाट आफ्नो सेना फिर्ता लग्न चेतावनी दिएको छ । उता भारतले पनि चीनलाई भारतीय भूमिमा चिनियाँ सेनाको घुसपैठ भएको आरोप लगाएको छ । नाथुला भञ्ज्याङको बाटो भएर भारतीय तीर्थालुहरु तिब्बत जाने गर्छन् ।

सन् १९६७ मा त्यही क्षेत्रमा चीन – भारत युद्ध भएको थियो । सो सिमा विवाद केही बर्ष यता कै चीन र भारतका बीचको सबैभन्दा ठुलो विवाद हो । चिनियाँ अधिकारीहरुले भारतलाई यस्तो हर्कत नरोके शान्ति भङ्ग हुने चेतावनी दिएका छन् । उता भारतले सिक्किमस्थित २ वटा भारतीय सेनाका बङ्कर चिनियाँ सेनाले नष्ट गरेको आरोप लगाएको छ ।

चीनले तिब्बतमा सडक विस्तारमा भारतीय सेनाले अवरोध गरेको आरोप लगाएको छ । चीनले भारतीय तिर्थालुलाई तिब्बत प्रवेशमा रोक लगाइसकेको छ । दुवै पक्ष संयमित नभएर कुनै पनि बेला झडप हुनसक्ने खतरा छ । मोदी अमेरिका भ्रमणमा रहेकै बेला चर्किएको यो विवादलाई भने विश्लेषकहरुले अर्थपूर्ण रुपमा हेरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :