अख्तियारले महतलाई पक्रने आट गर्ला ?

ramsaran-mahat ra chudamani sharmaकाठमाडाैं /असार १६ : रामशरण महतको आशिर्वादमा उच्च ओहदामा पुगेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुुडमणी शर्मा पछि पुर्वअर्थमन्त्री रामशरण महत अख्तियारको फन्दामा पर्ने सम्भावना बढ्दै गएको छ ।
शक्तिकेन्द्रहरु रामशरणलाई बचाउने र फसाउने खेलमा भित्रभित्रै भाले जुधाई गरिरहेको बताईएको छ । जेठ १९ गते कर निर्धारणमा अनियमितता गरेको आरोपमा पक्राउ परेका शर्मालाई विहीबार ३ अर्व २ करोड धरौटी माग गरिएको छ । शर्माले ३० अर्बभन्दा बढी रकम अनियमितता गरेको आयोगको पुर्वानुमान छ । धरौटी रकम नबुझाए उनी जेल जाने छन् । आयोगले शर्मामाथि अनुसन्धान जारी राखेको छ । आयोगले शर्मालाई अनुसन्धानको विषयमा प्रमाण नष्ट गर्न सक्ने भन्दै पक्राउ गरी अनुसन्धान जारी राखेको थियो ।
२ बर्ष अघि अर्थमन्त्री रामशरण महतले कर फछ्र्याैट आयोग गठन गरी त्यसको अध्यक्षमा लुमध्वज महत (एल डि) ,सदस्य उमेश ढकाल र सदस्य सचिव चुडामणी शर्मालाई नियुक्त गरेका थिए । महत र ढकाल अझैसम्म फरार छन् । अख्तियारले ३ जनालाई १० अर्वको दरले दामासायीमा धरौटी माग गर्ने बताएको छ । कर फछ्र्याैट आयोगले ३० अर्ब ५२ करोड राजस्व रकममध्ये ९ अर्ब ५४ करोड रुपैयाँ राज्यकोषमा दाखिला गरेको र बाँकी रकम झण्डै २० अर्ब ब्यापारीहरुलाई नै मिनाहा गरिदिएका थिए । कर मिनाहा गरे बापत ब्यापारीहरुबाट मोटो रकम अुसुल गरी मन्त्री महतले समेत अकुत सम्पत्ति जम्मा गरेको आशंका छ । अख्तियारले १२५ फाईलको शुक्रबारसम्म अनुसन्धान गरिसकेको छ ।

अमेरिकी उदार अर्थतन्त्रलाई नेपालमा लागू गर्ने सदाबहार अर्थमन्त्रि रामशरण महत अख्तियारसँग लोकमानसिहं कार्की प्रकरणदेखी नै चिढिएका थिए । कार्कीको पतनलाई महतको ओरालो यात्राका रुपमा हेरिएको थियो । कर फछर्यौट आयोगका कर्मचारीको पक्राउलाई महतमाथीकै घेराबन्दीका रुपमा हेरिएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले शेरबहहादुर देउवासहितको एउटा छलफलमा मंगलबार अब रामशरणलाई बचाउन नसकिने र त्यसले पार्टीमा पर्नसक्ने नकारात्मक परिणामको विषयमा रणनीति बनाउनुु पर्ने सुझाएको स्रोतको दाबि छ । श्रेष्ठको त्यही सुझावलाई पुष्टी गर्ने गरी कांग्रेस निकट बुद्धिजिवि कृष्ण ज्ञवालीले यसै साता एक लेखसमेत प्रकाशन गरेका थिए ।

संसदको लेखा समितिले महतलाई यस विषयमा सोधपुछ गरी सकेको छ । महतले कर फछ्र्यौट आयेगका सदस्यमाथि शंका नगर्न सुझाएका थिए तर महतको बयान लगतै शर्मा पक्राउ परेका थिए । नेपालको अर्थनीति निमार्णमा अमेरिकाद्धारा दीक्षित रामशरण महतको बर्चस्व दिल्लीको संस्थापन पक्षलाईसमेत मन परेको छैन । मोदीको अमेरिका भ्रमणपछि भारत–अमेरिका सम्बन्ध कसरी जान्छ , त्यसले पनि महतको भविष्य धेरै हदसम्म निर्धारण गर्नसक्ने अर्कोथरीको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :