फोटो खिच्न गएका पत्रकारलाई कैदीबन्दीहरुले किन लखेटे ?

बाजुरा : जिल्ला कारागार बाजुरामा रहेका कैदीबन्दीहरुको कारागार भित्रै गएर फोटो खिच्न लागेका एकजना फोटो पत्रकारलाई कैदीबन्दीहरुले लखेटेका छन् ।

बिहीबार कारागारले आफ्नो तथ्याङ डाटामा राख्नको लागि कैदीबन्दीहरुको तीन पुस्ते विवरण बोर्डमा लेखेर छातीमा समात्न लगाई फोटो खिच्न लगाएपछि कैदीबन्दीहरुले बिरोध गरेका हुन् ।

‘म पत्रकार हुँ’ भन्दै भाडामा ल्याइएका ती फोटोग्राफरले दुईजना कैदीबन्दीको फोटो खिचिसकेपछि कारागारभित्र रहेका ५१ जना कैदीबन्दीले उक्त फोटोग्राफरलाई लखेटेको त्यहाँको सुरक्षा स्रोतले बताएको छ । सरकारद्वारा प्रतिबन्धीत विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चुडामणी ओली आदर्शको नेतृत्वमा कैदीबन्दीहरुले गृहमन्त्री बादलले उत्तेजित बनाउन लगाएको भन्दै बोर्ड समेत फालेका थिए ।

कारागार प्रशासनले ‘पत्रकार हुनुहुन्छ’ भन्दै सुरक्षाकर्मीलाई गेट खोल्न दबाब दिएपछि सुरक्षामा खटिएका प्रहरीले गेट खोलेर फोटोग्राफरलाई भित्र जान दिएका थिए । तर कैदीहरुको इच्छा विपरित कुनैपनि कारागारमा फोटो खिच्न पाइदैन् ।

कैदीबन्दीहरुले बिरोध जनाएपछि कारागारमा रहेका सुरक्षाकर्मीले कैदीबन्दीकै सामुन्ने माफि मागेर फोटो डिलीट गर्न लगाएपछि स्थिती सामान्य बनेको थियो । सुरक्षामा खटिएका प्रहरी जहिलेपनि कैदीबन्दीहरुकै सुरक्षाको लागि बस्ने गरेपनि कारागार प्रशासनकै दबाबमा फोटो खिच्न लगाएको कैदीबन्दीहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :