यसरी राजीनामा दिन बाध्य भए मन्त्री बास्कोटा

काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको कुरा सार्वजनिक भएसँगै त्यसको चौतर्फी विरोध भएपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिन बाध्य भएका छन् ।

७० करोड घुस मागेको विवादमा तानिएपछि उनले फागुन ८ गते बिहीबार राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको बारेमा जानकारी गराएका छन् ।

संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो । सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदकाको सन्दर्भमा कमिशन रकमका बारेमा गरेको ‘डिल’को अडियो रेकर्ड सार्वजनिक भएपछि उनी विवादमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :